काठमाडाैं- नेपाली कांग्रेसकाे भाेलि (साेमबार) बस्ने भनिएकाे केन्द्रीय समितिको बैठक स्थगित भएकाे छ। केन्द्रीय नेताको काेराेना परीक्षण गर्नका लागि बैठक स्थगित गरिएकाे हाे।
केन्द्रीय सदस्य, नेताका सुरक्षाकर्मी र कार्यालयमा कार्यरत कर्मचारीको कोरोना परीक्षण गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
परीक्षणको नतिजा आएपछि बैठककाे नयाँ मिति तय गरिने उनले बताए।
महाधिवेशन कार्यतालिका कार्यान्वयन नभएपछि परिमार्जनको लागि बैठक बोलाइएको थियो।
वैशाख १५ गते (बुधबार)सम्मका लागि क्रियाशील सदस्यता र नवीकरण टुंगाउन अन्तिमपटक समय जिल्ला र क्षेत्रीय कार्यसमितिलाई दिइएको छ।
१० लाख सदस्य बनाउने पार्टीको निर्णय भएपनि हालसम्म साढे ६ लाख सदस्य अनलाइन सूचिकृत भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।