काठमाडौं- निर्वाचन आयोगले राजनीतिक दलहरुलाई नौ बुँदे ध्यानाकर्षण गराएको छ। आइतबार आयोगले सबै राजनीतिक दलहरुलाई नौ बुँदे ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
'नेपालको संविधानको धारा २६९ को उपधारा (४) को देहाय (ग) मा दलको विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिबिम्बित गर्ने गरी समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको हुनु पर्ने संवैधानिक व्यवस्था तथा दलको सबै तहको समितिमा कम्तीमा एक तिहाइ महिला सदस्य हुनुपर्ने भन्ने कानुनी प्रावधानबमोजिम गरी गराई सोको विवरण उपलब्ध गराउने,' दोस्रो बुँदामा भनिएको छ।
निर्वाचन आयोगमा दर्ता भएका सबै १३३ वटा राजनीतिक दलको आयोगमा प्राप्त अभिलेख विवरणअनुसार कानुनको परिपालनामा सन्तोष हुने अवस्था नदेखिएको आयोगको भनाइ छ। 'उक्त कुरालाई महसुस गरी निर्वाचन आयोगले यसअघि पनि राजनीतिक दलहरूको ध्यानाकर्षण गराउन स्मरणपत्र पठाएको थियो। तत्पश्चात् पनि केही राजनीतिक दलबाट केही विवरण प्राप्त भएको भएता पनि यथार्थमा अधिकांश दलहरूबाट तदनुसारको विवरण पठाउने र अद्यावधिक गर्ने कार्यामा निस्क्रियता देखिएको छ,' आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।