काठमाडौं- नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले पार्टी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी सम्हालेका छन्। यसअघि बसेको केन्द्रीय कमिटी बैठकले तामाङलाई कार्यालय सचिवको जिम्मेवारी दिएपछि आइतबार पदभार सम्हालेका हुन्।
‘आजबाट औपचारिक रूपमा नेकपा (एमाले) केन्द्रीय कार्यालयको सचिवको पदभार ग्रहण गरियो’ तामाङले फेसबुकमा लेखेका छन्, ‘कार्यालय सञ्चालनलाई थप चुस्त दुरुस्त बनाउने, पार्टीको नेता र कार्यकर्ताबीचको अन्तरसम्बन्धलाई थप बलियो बनाउने प्रतिवद्धता व्यक्त गर्दछु। साथै, मलाई यो जिम्मेवारी प्रदान गरेकोमा पार्टी नेतृत्वलाई धन्यवाद।’
यसअघि पार्टी केन्द्रीय सदस्यको मात्रै जिम्मेवारी पाएका तामाङ वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई छोडेर केपी ओलीपक्षमा लागेपछि तीन जिम्मेवारी पाएका हुन्। जसमा उनले केन्द्रीय कार्यालय सचिव, बागमती प्रदेशको सहइन्चार्ज र सिन्धुपाल्चोक इन्चार्जको जिम्मेवारी पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।