फाइल तस्बिर।
काठमाडाैं- नेकपा (एमाले) को महाधिवेशन आयोजक समितिको बैठक शुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
आइतबार बिहान १० बजेका लागि बोलाइएको बैठक केही ढिलागरी शुरु भएको हो। महाधिवेशन आयोजक समितिको बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो।
स्थायी कमिटी बैठकले गरेका निर्णय भने सार्वजनिक गरिएको छैन। यद्पि, महाधिवेशन आयोजक कमिटीमा लैजाने केही महत्त्वपूर्ण अजेन्डालाई स्थायी कमिटीले पारित गरेको बुझिएको छ।
महाधिवेशन आयोजक समितिको बैठकमा पार्टीको आन्तरिक जीवनबारे छलफल हुने केन्द्रीय सदस्य शेरबहादुर तामाङले बताए।
बैठकले पार्टीको पछिल्लो गतिविधिसँगै वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेतामाथि चालिने सम्भावित कदमबारे छलफल गरी निष्कर्षमा पुग्ने बताइएको छ।
एमालेको महाधिवेशन आयोजक कमिटीको वैशाख ६ गते बसेको बैठकले गरेकाे निर्णयअनुसार गत ७ गते एमालेका २७ जना सांसद्लाई स्पष्टीकरण सोधिएको थियो। उनीहरूलाई के कारबाही गर्ने भन्ने विषयमा आजको बैठकले निर्णय गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।