फाइल तस्बिर
काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा नवगठित स्थायी कमिटीको बैठक बसेको हो।
आइतबार बिहान १० बजेका लागि एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको थियो। 'महाधिवेशन आयोजक कमिटीमा लैजाने केही महत्त्वपूर्ण अजेन्डालाई स्थायी कमिटीमा पारित गरेर लैजान खोजिएकाले बैठक बसेको हो,' केपी शर्मा ओली निकट नेता कर्ण थापाले जानकारी दिए।
नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको ६ गतेकाे बैठकले गरेकाे निर्णयअनुसार गत ७ गते एमालेका २७ जना सांसद्लाई स्पष्टीकरण सोधिएको थियो।
आजै बस्ने महाधिवेशन आयोजक कमिटीमार्फत कारबाहीको निर्णय गर्ने आकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।