• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ११, २०८३ Mon, May 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
लोकतन्त्रका १५ वर्ष

किशोरावस्थाको लोकतन्त्र : आशा जगाउनुपर्नेले नै बढाउँदै छन् निराशा

64x64
किशोर दहाल शनिबार, वैशाख ११, २०७८  ११:४८
1140x725

काठमाडौं- तत्कालीन राजा ज्ञानेन्द्रको अधिनायकवादी शासनका विरुद्ध उत्रिएका जनताले सफलता प्राप्त गरेको दिन हो वैशाख ११। निरंकुश शासनका विरुद्ध जनताको शक्ति कति बलशाली हुनसक्छ भन्ने पुष्टि भएको पछिल्लो सन्दर्भ हो वैशाख ११। १५ वर्षअघि आजैको दिन सडकमा उत्रिएका लाखौं जनताले ज्ञानेन्द्रलाई शासनको केन्द्रबाट गलहत्याएका थिए।

२०५९ असोज १८ मा ज्ञानेन्द्रले जननिर्वाचित शक्तिलाई शासन सत्ताबाट अलग्याएर टिके प्रथा सुरु गरेका थिए। अझ अगाडि बढेर २०६१ माघ १९ मा भने आफैं शासन गर्न अघि सरेका थिए। समय नसुहाउँदो र संविधानको अपेक्षा विपरीत रहेको उनको यस खालको महत्त्वकांक्षाका विरुद्धमा कतिपय दलहरुले २०५९ देखि नै संघर्ष गरिरहेका थिए। तर २०६२ चैत २४ देखि सुरु भएको आन्दोलन भने थप सशक्त बन्यो। परिणामतः २०६३ वैशाख ११ मा त्यसले सफलता प्राप्त गर्‍यो।

२०६२/६३ सालको जनआन्दोलनमा लाखौं मानिस सडकमा आइपुग्नुमा केही मुख्य कारणहरु थिए। पहिलो त, ज्ञानेन्द्रले बन्द शासनको अभ्यास गरिरहेका थिए। उनी जनताबाट अनुमोदन भएर शासन गरिरहेका थिएनन्, जनतामा भय सिर्जना गरेर सेनाको बुइँ चढेर निरंकुश शासन लादिरहेका थिए। छोटै समयका लागि भए पनि प्रजातान्त्रिक पद्धतिको भोग गरिरहेका नागरिकले ज्ञानेन्द्रको शासन जोगाइदिनुपर्ने कुनै कारण थिएन।

दोस्रो, नेपाली जनजीवन माओवादी नेतृत्वमा जारी ‘जनयुद्ध’को हिंसात्मक श्रृंखला भोगिरहेको थियो। माओवादी पनि मूलधारको राजनीतिसँग जोडिएमा त्यो श्रृंखला अन्त्य हुनसक्थ्यो। किनकि, १२ बुँदे समझदारीले त्यसको आधार दिएको थियो। जसले गर्दा मानिसहरुमा जनआन्दोलनलाई सफल बनाउने र नयाँ खालको शासनपद्धति सुरु गर्नुपर्छ भन्ने बुझाइ विकसित भयो।

तेस्रो, नेपाली समाजको जटिलताको सम्बोधन गर्ने खालको राज्य पुनर्संरचना हुने वाचा दलहरुले गरेका थिए। समुदाय, भाषा, लिंग, जातजाति, भाषा, धर्मका आधारमा आफूमाथि विभेद छ भन्ने बुझाइ भएकाहरुले जनआन्दोलनपछि आफ्नो विभेदको न्यूनीकरणमा सार्थक प्रयास सुरु हुने विश्वास लिएका थिए।

लोकतन्त्रको यात्रा
कतन्त्रको प्राप्तीपछि संविधान सभामार्फत संविधान लेखियो। त्यसमार्फत गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशी लगायतका प्रबन्धहरु संस्थागत गरिए। ती विषयहरु वास्तवमै नेपाली समाजको बहुआयामिकतालाई सम्बोधन गर्ने उपलब्धिहरु नै हुन्। २०६२/६३ को जनआन्दोलन र त्यसपछि मधेस, थारु, जनजाति लगायतले गरेका पुरक आन्दोलनहरुमार्फत अभिव्यक्त जनादेश र दुई पटकको संविधानसभामा अभिव्यक्त मतादेशले ती उपलब्धिहरुलाई वैधानिकता प्रदान गरेका छन्। 

अहिले नेपाली समाजले भोग गरिरहेको लोकतन्त्रको जग तिनै विषयहरु हुन्। एक अर्थमा भन्दा, नेपाली लोकतन्त्रलाई अड्याउने फरक-फरक खुट्टाहरु हुन् ती उपलब्धिहरु। लोकतन्त्रको कुर्सी अड्याइराख्न ती उपलब्धिहरु पनि बलियो बनाइराख्नु जरुरी छ।

चर्चा हुने गरेका उपलब्धिहरु मुख्यतः सैद्धान्तिक र सांकेतिक हुन्। त्यसलाई नेपाली जनजीवनलाई अझै सहज बनाउने, अझै सुखदायी बनाउने र अझै आशायुक्त बनाउने काम भने बाँकी छ। त्यसैले लोकतन्त्रको ‘सुखभोग’ सँगसँगै निराशा पनि बढ्दै गइरहेको छ। यो मुख्यगरी लोकतन्त्रको प्राप्तीपछि फेरिने अपेक्षा गरिएको कतिपय शैली र प्रवृत्तिको निरन्तरतासँग जोडिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

लोकतन्त्रमा नफेरिएको सोच र शैली
लोकतन्त्रपछि पनि राजकाज सञ्चालनको मुख्य शैलीमा परिवर्तन आउन सकेको छैन। पात्रको कोणबाट पनि मूलभूत रुपमा लोकतन्त्रपछिको काल उस्तै रह्यो, प्रवृत्तिको कोणबाट पनि उस्तै रह्यो। ती एक हिसाबले बहुदलपछिकै निरन्तरताका रुपमा रहे। त्यसैले पनि अहिले राजनीतिको मूल घटनाक्रमले ५० को दशकको विकृतिलाई पुनरावृत गरिरहेको छ। यसरी लोकतन्त्रको रथ गुडाउनेहरुले पनि आफ्नो काममा, भाषणमा, शैलीमा कुनै नयाँपन दिन सकेका छैनन्।

लोकतन्त्र नामको यो पद्धति जसरी अघि बढिरहेको छ, त्यसप्रति बढ्दो निराशाले यसको भविष्यमाथि केही प्रश्न उठ्दै छ। अर्कोतिर, लोकतन्त्रको आवरणमा लोकतन्त्र नै खाने प्रवृत्ति पनि देखिन थालेको छ।

दलहरु अत्यन्तै अपारदर्शी ढंगले चलिरहेका छन्। तिनका नेताहरुको जीवनशैली अनौठोसँग मंहगो र भड्किलो छ। तिनीहरुको उठबसमाथि प्रशस्तै शंका व्यक्त हुन्छन्। तर, न उनीहरुले चित्तबुझ्दो जवाफ दिन्छन्, न उनीहरुमाथि कुनै किसिमको छानबिन हुन्छ। लोकतन्त्रपछि ठूलाठूला भ्रष्टाचारका काण्डहरु सार्वजनिक भए। ती काण्डहरुको नाभी कुनै न कुनै रुपमा दलका प्रभावशाली नेतृत्वसँग जोडियो। तर अनियमिततामा मुछिएका कारण उनीहरुलाई कारबाही हुन्छ भनेर आज कसैले विश्वास गर्न सक्दैन।

लोकतन्त्र आएको १५ वर्षसम्म पनि नागरिकका दुःखका आयाम समयक्रममा परिवर्तन भए होलान् तर त्यसको आधारभूत चरित्र उस्तै छ। अहिले पनि रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता उस्तै छ। सामान्य मानिसको आम्दानीको ठूलो हिस्सा शिक्षा र स्वास्थ्यको लागि खर्च भइरहेको स्थिति छ, जुन राज्यको प्रमुख दायित्व बन्नुपर्थ्यो। नागरिकलाई अप्ठ्यारो पर्दा राज्य हराउने चलन अन्त्य भएको छैन। अहिले पनि नागरिकको शिर उठाउनुभन्दा कुनै कृत्रिम संरचनाको निर्माणलाई शासकहरुले आफ्नो गौरव ठान्न छाडेका छैनन्।

मानिसले महसुस गरेको मुख्य परिवर्तन भनेको हिंसात्मक चक्रव्युहको अन्त्य हो। बाँकी सबै विषय सैद्धान्तिक हुन्। ती सैद्धान्तिक विषयहरु जनताको परिवर्तनसँग जोडिन जति ढिला हुन्छन्, तिनका प्रति निराशा पनि बढ्दै जान्छन्। उपलब्धिहरुप्रति नै मानिसमा प्रश्न उब्जन थाल्छन्। अनुदारहरुले त्यसैबाट आफ्नो स्वार्थको खेती सुरु गर्छन्। नेपालमा पनि यो प्रयास भइरहेको छ। 

लोकतान्त्रिक प्रणालीभित्रका संस्थाहरुको विकासले लोकतन्त्रको जग बलियो बनाउँछ। तर यस काममा पनि दलहरुको उदासिनता रह्यो। कतिपय सन्दर्भमा त उनीहरुबाट त्रुटि नै भए। परिणामतः दलीय भागबण्डा र भनसुनले हरेक संस्थालाई सर्वदलीय क्लब जस्तो बनाइदिएको छ। तिनको कार्यक्षमता र विश्वसनीयता गुम्दै गइरहेको छ। आज विश्वविद्यालय, अदालत, संवैधानिक आयोगहरु लगायतका हरेकजसो संस्थाहरुको गरिमा रसातलमा पुगेको छ।

लोकतन्त्र नामको यो पद्धति जसरी अघि बढिरहेको छ, त्यसप्रति बढ्दो निराशाले यसको भविष्यमाथि केही प्रश्न उठ्दैछ। अर्कोतिर, लोकतन्त्रको आवरणमा लोकतन्त्र नै खाने प्रवृत्ति पनि देखिन थालेको छ। विकास र समृद्धिको अमूर्त व्याख्या गर्ने, जनताको दुःख हरणको पात्र आफू नै हुँ भनेर स्थापित गराउने, शक्ति सन्तुलनका संस्थाहरुलाई निरीह बनाउने र विकल्पमा मौलिक हक समेत खोसेर शासनलाई दीर्घकालीन बनाउने प्रयत्न भइरहेका छन्। कतिपय विवादित विधेयकदेखि प्रतिनिधि सभा विघटन गर्नेसम्मका घटनाले त्यस्ता महत्वाकांक्षा बुझिनेगरी उजागर गरिदिएका छन्। जसले लोकतन्त्रभित्र विकल्प होइन, लोकतन्त्रकै विकल्प खोज्नेहरुलाई सहयोग पुर्‍याएको छ।

मानिसको शारीरिक र मानसिक विकासको एउटा महत्त्वपूर्ण चरण हो, किशोरावस्था। यो जति तीव्र चाहना र सपनाको उमेर हो, त्यति नै निराशाको उमेर पनि हो। यो उमेरमा सही हौसला, मार्गदर्शन र अभिभावकत्व पाउनेहरुको जीवन उज्ज्वल हुने अपेक्षा गरिन्छ। १५ वर्ष पूरा गरेको हाम्रो लोकतन्त्र पनि मध्य किशोरावस्थामा छ। यसको भविष्य कस्तो बनाउने भन्ने कुरा यसका संवाहकहरुको हौसला, मार्गदर्शन र अभिभावकत्वमा निर्भर छ।

प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  ११:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजित बालविवाह तथा दाइजो प्रथा उन्मूलनसम्बन्धी कार्यक्रममा बोल्दै उनले समाजमा लैंगीक समानता कायम न... आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण धनगढीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीभित्र सहकार्य र समन्वयको आवश्यकता औँल्याउँदै वर्तमान राजनीतिक परिस्थितिमा नेपाली... आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा काठमाडौँमा आयोजित कार्यक्रममा अभियानको औपचारिक घोषणा गर्दै ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो। आइतबार, जेठ १०, २०८३
ताजा समाचारसबै
मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन आइतबार, जेठ १०, २०८३
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
कोशी प्रदेश सभा: नीति तथा कार्यक्रममाथि छलफल सुरु आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्