प्रतिकात्मक तस्वीर
ताप्लेजुङ– कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपाली कांग्रेसका फुङ्गलिङ नगर सभापति शिवकुमार गुरुङको मृत्यु भएको छ।
कांग्रस सभापति गुरुङको उपचारका क्रममा शुक्रबार बिहान ९ बजेतिर झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि गुरुङलाई अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा मृत्यु भएपछि मात्रै स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको थियो।
पीसीआर परीक्षणमा ढिलाइ हुँदा सङ्क्रमितको मृत्युपछि मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए।
गुरुङको शवलाई झापामै अन्त्यष्टि गर्न आग्रह गरिएको प्रजिअ पाण्डेले बताए। परिवारका सदस्यले भने गुरुङको शव ताप्लेजुङ नै ल्याउने भनिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।