विराटनगर– मोरङको कटहरी गाउँपालिका–१ मा सोमबार करेन्ट लागेर स्थानीय ५० वर्षीय कैलु राय अमात्यको मृत्यु भएको छ।
स्थानीय गोकुल थापाको घरमा कल (ट्युवेल) गाड्ने क्रममा रायलाई करेन्ट लागेको थियो। उनको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।