नेपालगञ्ज।
नेपालगन्ज- कोरोना संक्रमितको संख्या बढेपछि बाँकेमा बिहीबार (वैशाख ९) देखि लकडाउन गरिने भएको छ।
मंगलबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमी) बाँकेको बैठकले संक्रमण रोक्न बिहीबारदेखि लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए।
संक्रमितले अस्पताल भरिन थालेको र संक्रमितको संख्या पनि तीव्र भएपछि लकडाउन गर्ने निर्णय गरेको डीसीसीएमीले जनाएको छ। पहिलो चरणमा एक हप्ताका लागि लकडाउन गर्ने निर्णय भएको प्रजिअ गेलालले बताए ।
संक्रमितको संख्या बढेसँगै भेरी अस्पतालमा चैत २० देखि वैशाख ६ गतेसम्म १७ जनाको मृत्यु भएको छ। सोमबार मात्र बाँकेमा ३२२ जना संक्रमित थपिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।