फाइल तस्बिर।
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसिहतका नेताहरूबीच भेटवार्ता भएको छ। उनीहरूबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको हो।
भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। जसपा (खासगरी पूर्वराजपा पक्ष) प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा छ।
सत्ता समीकरणमा जसपा नै निर्णायक देखिएको छ। जसपाको एउटा पक्ष कांग्रेस, माओवादीसँग सहकार्य गरी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन चाहन्छ भने अर्को पक्ष प्रधानमन्त्री ओलीबाटै आफ्ना माग पूरा गराउन सकिने भन्दै गृहकार्यमा लागेको छ।
जसपाले सांसद रेशम चौधरीको रिहाई, टिकापुर र अन्य घटनामा मुद्दा चलेकाहरूको मुद्दा फिर्ता लिनुपर्ने माग राखेको छ। सरकारले समेत कार्यदल बनाएर जसपासँग छलफल गरिरहेको छ। जसपाले पनि कार्यदल बनाएको छ।
बिहीबारको छलफलमा दुवै पक्षका कार्यदलका सदस्यहरू पनि सहभागी थिए।
जसपाले निर्णय नगर्दा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन भने कांग्रेस सभापति शेरबहादुर देउवा समेत सरकारको नेतृत्व लिन अनिच्छुक देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।