काठमाडाैं–वागमती प्रदेश सभाका मुख्यमन्त्री डोरमणि पौडेलले चित्त बुझ्दो जवाफ नदिए माओवादी केन्द्रले संसद् अवरुद्ध कायमै राख्ने भएको छ।
विद्युतीय वस खरिदमा अनियमितता र मदन भण्डारी फाउण्डेसनलाई प्रदेश सरकारले दिएको रकमबारे माओवादी केन्द्रले जवाफ मागेको छ।
यसअघि बसेका संसद् बैठक माओवादीकै कारण अवरुद्ध हुँदै आएको थियो।
‘हामीले उठाएका विषयमा सरकारको पक्षबाट चित्तबुझ्दो जवाफ नआए संसद बैठक फेरि पनि अवरुद्ध हुन्छ,’ माओवादी केन्द्रका वागमती प्रदेश सभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले नेपाल लाइभसँग भने।
वागमती प्रदेश सभाकाे बैठक आज दिउँसाे १ बजे बस्दै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।