रत्ननगर, चितवन- चितवनको रत्ननगर नगरपालिका वडा नं १० स्थित पञ्चकन्या सामुदायिक वनमा घाँस काट्न गएका बेला गैँडाको आक्रमणबाट आज एक व्यक्ति गम्भीर घाइते भएका छन्।
पैदल हिँडिरहेका बेला गैँडाले आक्रमण गर्दा सोही ठाउँका ५५ वर्षीय पदमबहादुर तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आज बिहान करिब १० बजे उक्त घटना भएको थियो।
खुट्टामा गम्भीर चोट लागेका उनको अहिले कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ। चितवन निकुञ्ज आसपास क्षेत्रमा वन्यजन्तुले हरेक वर्ष मानिसमाथि आक्रमण गर्ने र खेतीबाली नष्ट गर्ने गर्छ। विद्युतीय तारबार लगाइए पनि प्रभावकारी हुन सकेको छैन।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।