राजविराज– भन्सार छली नेपाल–भारत आयात–निर्यात हुँदै गरेको ३ लाख ११ हजार मूल्य बराबरको सामान सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ।
बोदेबर्साइन नगरपालिका ९ बाट ७५ हजार र छिन्नमस्ता गाउँपालिका ४ लोखरमबाट ३५ हजार मूल्य बराबरको कपडा बरामद भएको हो। भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा उक्त कपडा बरामद भएको प्रहरीले जनाएको छ।
यसैगरी, छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीस्थित दशगजाबाट २ लाख ११ हजार मूल्य बराबरको चाइनिज मोबाइल प्रहरीले नियन्त्रणमा लिएको छ। विआर ०७ एक्स ५८१८ नम्बरको मोटरसाइकलमा राखी भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय सखडा र शसस्त्र प्रहरी बलको संयुक्त टोलीले मोबाइल बरामद गरेको हो।
संलग्न व्यक्ति मोटरसाइकलसहित सामान छोडेर भागेको प्रहरीले जनाएको छ। पक्राउ परेको सामान आवश्यक कारबाहीका लागि कुनौली भन्सार कार्यालय तिलाठी पठाइएको सप्तरीका एसपी मुकेशकुमार सिंहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।