• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कोरोना महामारीको दुष्चक्र : गरिबको झन् बिजोग

रुद्र खड्का/भाषा शर्मा/टंक ढकाल सोमबार, चैत ३०, २०७७  १३:०५
1140x725
ट्रिपरमा इँटा भर्नका लागि भारी लगाउँदै मजदुर महिलाहरू। तस्बिर: टंक ढकाल

काठमाडौं- कोरोना महामारी सुरु भएसँगै भक्तपुरको चामतीस्थित अजिमा इँटा उद्योग बन्द गरिएपछि शर्मिला विक बेरोजगार भइन्। १० महिनापछि उद्योग खुलेर उनले इँटा बोक्ने काम त पाउन थालिन् तर, पहिलेजस्तो कमाइ भएन। अब कसरी गुजारा चलाउने भन्‍ने पिरलो थपिएको छ।

रोल्पाको घर्तीगाउँबाट श्रीमानसँग १४ वर्षअघि काठमाडौं छिरेकी ३२ वर्षीया शर्मिलाले पहिलोपटक यति लामो समय खाली हात बस्‍नुपर्‍यो। श्रीमान् सुकराम त्यही उद्योगको गाडी चलाउँथे। उद्योग नै बन्द भएपछि उनको पनि आम्दानी सुक्यो। उनीहरूले कोठाभाडा मासिक तीन हजार रुपैयाँ बुझाउनुपर्छ, दुई सन्तानसहितको परिवारलाई खाद्यान्‍नलगायत महिनामा करिब १० हजार रुपैयाँ खर्च हुन्छ। ‘पहिले बूढाबूढी भएर महिनामा ३०-३२ हजार रुपैयाँसम्म कमाउँथ्यौँ। काम ठप्प भएपछि दुई छाक जुटाउनै मुस्किल पर्‍यो,’ शर्मिलाले सुनाइन्।

रञ्‍जतकुमार चौधरी भक्तपुरकै सूर्यविनायक नगरपालिका-१० भातेढिकुरमा रहेको मैत्री हनुमान इँटा उद्योगका गाडी चालक हुन्। उनी प्राय: फुर्सदमै हुन्छन्। दाङको देउखुरीका ३५ वर्षीय चौधरीलाई राजधानी छिरेको १५ वर्षमा कामको खडेरी लागेको यसैपालि हो। ‘लकडाउन हुनुअघि महिनामा २५ हजार रुपैयाँसम्म हात पर्थ्यो,’ उनले भने, ‘लकडाउनपछि केही दिनबाहेक कामै ठप्प त भएन तर कमाइ १५ हजार रुपैयाँ कटेन।’ कमाइ खुम्चिएपछि छोराको स्कूल फी तिर्न र घर खर्च चलाउन हम्मे परेको चौधरीले सुनाए।

मैत्री हनुमान उद्योग बन्द भएपछि त्यहाँ इँटा बोक्ने २१ वर्षीया सुष्मा पाकुरको कमाइ शून्य भएको थियो। त्यहीबेला उनी बिरामी भइन्। अस्पतालमा जचाउँदा टाउकामा पानी जमेको पत्ता लाग्यो। डाक्टरले शल्यक्रिया गर्नुपर्छ भनेका छन् तर त्यसका लागि उनीसँग खर्च छैन। श्रीमान् नरेशमान काम खोज्‍न सर्लाही पुगेका छन्। उता पनि कमाइ राम्रो छैन। ‘अलिअलि भएको बचत पनि सकियो, साथीभाइसँग सापट मागेर कति दिन चल्ला र?,’ सुष्मा पिरोलिइन्।

कोरोना महामारी सुरु भएसँगै लामो समय आम्दानीको स्रोत गुमाएका शर्मिला, रञ्‍जत र सुष्मा प्रतिनिधि पात्र हुन्। कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि देशव्यापी लकडाउन गरिँदा विभिन्‍न क्षेत्रमा हजारौंले रोजगारी गुमाए। त्यसले खासगरी दिनभरि कमाउने र त्यसैले दुई छाक टार्ने वर्गलाई बिचल्ली बनायो। अलिअलि बचत गर्नेहरू पनि महिनौं कामविहीन बन्दा थाप्लोमा ऋणको भारी बोक्न बाध्य भए। कोरोना भाइरसको आतंक न्यून भएसँगै उद्योगधन्दा, व्यापार-व्यवसाय खुले पनि पूर्ववत् रूपमा सञ्‍चालन हुन सकेका छैनन्।

मैत्री हनुमान इँटा उद्योगमा मजदुरी गर्ने आरती प्रजापतीले अहिले फाट्टफुट्ट मात्र काम पाइरहेको सुनाइन्। ‘यतिखेर महिनामा चार/पाँच हजार रुपैयाँ हात पर्छ,’ उनले भनिन्, ‘कोरोना सुरु हुनुअघि २०-२५ हजार रुपैयाँ कमाइ हुन्थ्यो।’ 

उद्योग नचल्दा कामविहीन बनेकी आरती प्रजापती, साथी र उनको सन्तानसँग गफिँदै।

ललितपुरको बुङ्‍मतीमा ज्यालादारी गर्ने सन्तलक्ष्मी दनुवारले कोरोना महामारी सुरु हुनुअघि दिनमा सात-आठ सय रुपैयाँ कमाउँथिन्। अहिले उनको कमाइ दुई-तीन सय रुपैयाँमा सीमित छ। ‘घर चलाउनै गाह्रो परेको छ,’ उनले भनिन्।

भक्तपुरमा ६४ वटा इँटा उद्योग छन्। ती उद्योगमा दाङ, रोल्पा, रामेछाप र काभ्रे तथा भारतका विभिन्‍न क्षेत्रबाट आएका मजदुर काम गर्छन्। भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्बाका अनुसार एउटै उद्योगमा सिजनका बेला औसत ५०० मजदुरले काम पाउँछन्। ‘भक्तपुरका इँटा उद्योगमा काम गरेर गुजारा चलाउने कम्तीमा ३० हजार मजदुर गत वर्ष चैतयता कामविहीन भए,’ उनले भने, ‘इँटा उद्योगीलाई पनि मर्का पर्‍यो। उद्योग नचले पनि भाडा तिर्नैपर्‍यो। ऋण लिएको हुन्छ, त्यसको किस्ता र ब्याज बुझाउनैपर्‍यो।’

Ncell 2
Ncell 2
nimb
nimb

ह्योम्बाले २०७६ चैतदेखि गत माघसम्म एउटा उद्योगलाई ३५ लाख रुपैयाँभन्दा बढी नोक्सानी भएको जानकारी दिए। इँटा उद्योगहरू तत्काल पूर्ण रूपमा सञ्‍चालन हुन नसक्ने उनको भनाइ छ। ‘इँटा बनाएर मात्र भएन, बिक्री पनि हुनुपर्‍यो,’ उनले भने, ‘अहिले माग बढ्नै सकेको छैन।’

गरिबीको रेखामुनि थप १२ लाख
राष्ट्रिय योजना आयोगले गरेको अध्ययनले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि गरिएका लकडाउनका कारण थप १२ लाख नेपाली गरिबीको रेखामुनि झरेको देखाएको छ। यो संकटमा गरिबीको रेखामुनि धकेलिएकाको संख्या कूल जनसंख्याको चार प्रतिशत हो। सरकारले भने यो वर्ष छ लाखलाई गरिबीको रेखाबाट माथि उकास्‍ने लक्ष्य राखेको थियो। गत वर्षसम्म गरिबीको रेखामुनि ५६ लाख (१८.७ प्रतिशत) नेपाली रहेकामा महामारीपछि यो संख्या ६८ लाख पुगेको छ।

सर्वसाधारणले पोषिलो खाना, स्वच्छ खानेपानी, आवास, शिक्षा, स्वास्थ्य र सरसफाइजस्ता आधारभूत आवश्यकता पूरा गर्न नसक्नुलाई निरपेक्ष गरिबी भनिन्छ। विश्वव्यापी मान्यताअनुसार दिनमा १.९० अमेरिकी डलर (करिब २२२ रुपैयाँ) भन्दा पनि कम आयस्तर हुनेहरू गरिबीको रेखामुनि पर्छन्।

केन्द्रीय तथ्यांक विभागको गत फागुनमा प्रकाशित विवरणअनुसार आर्थिक वर्ष (आव) २०७६/७७ मा प्रतिव्यक्ति आय २५ अमेरिकी डलरले घटेको छ। आव २०७५/७५ मा प्रतिव्यक्ति औसत आय एक हजार १५९ अमेरिकी डलर रहेकामा गत वर्ष एक हजार १३४ अमेरिकी डलरमा सीमित रहेको हो।

जनसंख्या वृद्धिदरको समान अर्थतन्त्र बढ्न सकेन भने प्रतिव्यक्ति आय र खर्चयोग्य आम्दानी घट्छ। जसले गरिबी बढाउन सहयोग पुर्‍याउँछ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट अहिलेको अवस्थालाई सुधार गर्न पूर्वाधार विकासमा जोड दिनुपर्ने सुझाव दिन्छन्। पछिल्ला दुईवटा जीवनस्तर सर्वेक्षणले करिब पाँच प्रतिशतको आर्थिक वृद्धि हुँदा एक प्रतिशतले निरपेक्ष गरिबी घटाउन सकिन्छ भन्‍ने आकलन गरेका थिए।

आयोगको अध्ययनले कोरोनाबाट आहतलाई राहत र विभिन्‍न क्षेत्रको पुनरुत्थानका लागि करिब छ खर्ब ६५ अर्ब सात करोड रुपैयाँ बजेट आवश्यक पर्ने देखाएको छ। संक्रमण नियन्त्रण र राहतका लागि दुई खर्ब ६९ अर्ब ९४ करोड, रोजगारी सिर्जनाका लागि ९२ अर्ब ६२ करोड, आयोजनाको निरन्तरताका लागि एक खर्ब १४ करोड ५१ लाख, नयाँ प्रणाली विकास र अवलम्बनका लागि एक खर्ब ११ खर्ब ५६ लाख र आत्मनिर्भरता अभिवृद्धिका लागि ७३ अर्ब ४४ करोड रुपैयाँ चाहिने अध्ययनको निष्कर्ष हो। आयोगका अनुसार अल्पकालका लागि दुई खर्ब ४२ अर्ब चार करोड, मध्यकालका लागि दुई खर्ब ८७ अर्ब २४ करोड र दीर्घकालका लागि एक खर्ब ३५ अर्ब ७९ करोड रुपैयाँ आवश्यक पर्छ।

राष्ट्र बैंकले गरेको सर्वेक्षणले लकडाउनपछि उद्योग-व्यवसायमा साढे २२ प्रतिशत रोजगारी कटौती भएको देखाएको छ। तीमध्ये दुईतिहाइ दैनिक ज्यालादारी र अस्थायी तथा करार सेवामा कार्यरत थिए।

केन्द्रीय तथ्यांक विभागले २०७४/७५ मा  गरेको तेस्रो श्रमशक्ति सर्वेक्षणले १५ वर्षमाथिका दुई करोड सात लाख ४४ हजारमध्ये ७० लाख ८६ हजार जना विभिन्‍न संगठित क्षेत्रमा रोजगारीमा रहेको देखाएको थियो। राष्ट्र बैंकले लकडाउनकै अवधिमा (असारमा) गरेको सर्वेक्षणलाई आधार मान्दा कोरोना महामारीपछि करिब १८ लाखको आम्दानीको बाटो बन्द भएको देखिन्छ।

राष्ट्र बैंकको अध्ययनअनुसार कृषि तथा वन र माछापालनमा काम गर्ने १५ लाख २३ हजारबाहेक अधिकांश पेसामा रहेका व्यक्तिलाई महामारीले असर पारेको छ। पत्रकारसमेत महामारीबाट प्रभावित भए। कैयौंले पूरै र आंशिक रोजगारी गुमाए। केही सञ्‍चारमाध्यम बन्द गरिए।

रोजगारी गुमाएकालाई पुन:एकीकरण कार्यक्रम चलाउन श्रम मन्त्रालयले कार्यविधि ल्याउने भनिए पनि त्यसले अन्तिम रूप अझै पाएको छैन।

कृषिबाहेकका क्षेत्रमा ५१ लाख ३९ हजार जना शारीरिक श्रममा आधारित रोजगारीमा रहेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ। निर्माण, यातायात, ढुवानी र सफाइ कामदारको जीविकोपार्जन दैनिक ज्यालामै निर्भर हुन्छ। तर नेपालमा त्यस्ता व्यक्तिको संख्या ठ्याक्कै कति छ भन्‍ने तथ्यांक राज्यसँग छैन।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा लकडाउन सुरु हुने बेला र सुरु भएपछि घर गएका मजदुरलाई कम्तीमा छ महिनासम्म काठमाडौं प्रवेश गर्न नदिँदा धेरै व्यक्तिको आर्थिक अवस्था प्रभावित भएको बताउँछन्। संघीय राजधानी काठमाडौं रोजगारी सिर्जना गर्ने मुलुकको प्रमुख थलो हो। महामारीले सबैजसो व्यक्तिको आर्थिक अवस्थामा केही न केही असर गरेको भए पनि तल्लो तहका गरिबलाई जीवन धान्‍नै समस्या पर्‍यो। राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्ट आर्थिक अवस्थामा सुधार भए पनि पहिलेकै जस्तो नभएको बताउँछन्। ‘लकडाउन गर्दाको बेलाभन्दा अहिले केही सुधार छ, आर्थिक गतिविधि बढेका छन्। पहिलेकै स्थितिमा पुग्‍न त समय लाग्छ,’ उनले भने।

केन्द्रीय तथ्यांक विभागले फागुनमा प्रकाशन गरेको विवरणअनुसार आर्थिक वर्ष २०७६/७७ मा देशको आर्थिक वृद्धिदर माइनस १.९९ प्रतिशतमा झरेको छ। कूल गार्हस्थ उत्पादन (जीडीपी) को गणना हुन थालेको ६० वर्षको इतिहासमा देशको अर्थतन्त्र पहिलोपटक यति धेरै कमजोर भएको हो। पछिल्लो अध्ययनअनुसार नेपालको जीडीपीको आकार ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। यसअघि राष्ट्रिय योजना आयोगले आर्थिक वृद्धिदर २.२७ प्रतिशत रहने प्रक्षेपण गरेको थियो। ‘पछिल्लो अध्ययनबाट कोरोनाका कारण अर्थतन्त्र निकै खराब अवस्थामा पुगेको देखियो,’ आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले भने।

यसअघि आव २०२३/२४, २०२७/२८ र २०२९/३० मा पनि अर्थतन्त्र खुम्चिएको थियो। त्यतिबेला क्रमश: माइनस १.५७, १.६४ र शून्य दशमलव ४९ प्रतिशतले अर्थतन्त्र संकुचनमा गएको विभागको तथ्यांक छ। भूकम्प र नाकाबन्दीका कारण आव २०७२/७३ मा आर्थिक वृद्धि शून्य दशमलब दुई प्रतिशतमा झरेको थियो।

तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले गत आर्थिक वर्षको चैतदेखि असारसम्मको अन्तिम त्रैमासभरि आर्थिक गतिविधि सामान्य अवस्थामा नफर्किएकाले आर्थिक वृद्धिदर ऋणात्मक देखिएको बताए। कोरोनाको प्रभाव देखिनुअघि सरकारले आर्थिक वृद्धिको लक्ष्य आठ प्रतिशत राखेको थियो। विभागका अनुसार चालु आर्थिक वर्ष सुरु भएपछि आर्थिक गतिविधि बढे पनि वृद्धिदर भने उत्साहप्रद् हुन सकेको छैन। चालु आव २०७७/७८ को पहिलो त्रैमास (साउन, भदौ र असोज) को आर्थिक वृद्धिदर पनि ४.६ प्रतिशतले ऋणात्मक रहेको विभागले जनाएको छ।

अजिमा इँटा उद्योगमा कोभिड महामारीअगाडि बनाइएका इँटा बोक्दै महिला मजदुरहरू।

पछिल्लो समय आर्थिक गतिविधि बढ्न थाले पनि पर्यटन, होटलजस्ता क्षेत्र अझै पूर्ण रूपमा सञ्‍चालनमा आउन सकेका छैनन्। नेपाल पर्यटनमा आधारित अर्थतन्त्र भएको मुलुक भएकाले पर्यटक नआउँदा कृषि, यातायातसहित बहुआयामिक क्षेत्रमा प्रभाव पर्ने अर्थविद्हरूले बताउँदै आएका छन्।

यस्तो बेला सरकारले जतिसक्दो बढी बजेट खर्च गर्न सक्नुपर्ने उनीहरूको धारणा छ। जति धेरै रकम खर्च गर्न सकियो उति नै गरिबको हातमा पैसा पर्ने विश्वास गरिन्छ। कतिपय मुलुकले विपन्‍न वर्गको हातमा सिधै रकम पुग्‍ने गरी कार्यक्रम अघि सारेका छन्।

नेपाल सरकारले भने यस आवमा विनियोजित पुँजीगत बजेट (करिब तीन खर्ब) मध्ये मुस्किलले २२ प्रतिशत मात्र खर्च गर्न सकेको छ। ‘अन्य क्षेत्रमा समस्या भए पनि भौतिक पूर्वाधारलाई जोड दिएर अर्थतन्त्र चलायमान बनाई आर्थिक वृद्धि हासिल गर्न सकिन्छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले भने।

सरकारको पहल फितलो
कोरोना महामारीले विपन्‍नको ढाड सेके पनि सरकारले उनीहरूलाई राहत पुग्‍ने गरी कार्यक्रम ल्याउन सकेन। रोजगारी सिर्जनाका केही नीति र कार्यक्रम ल्याइए पनि तिनको कार्यान्वयन प्रभावकारी बन्‍न सकेन।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक सुमन घिमिरे रोजगारी सिर्जनाका लागि अघि सारिएका कार्यक्रम राम्रा भए पनि तीन तहका सरकारबीच समन्वय नहुँदा कार्यान्वयनमा समस्या रहेको बताउँछन्। केही स्थानीय तहले भने कोरोना महामारीका बेला राम्रो काम गरेको दाबी गरेका छन्। ‘संकटमा परेकालाई संघीय सरकारको तुलनामा स्थानीय तहबाट बढी जिम्मेवारीपूर्वक सहयोग गर्‍यौँ,’ नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरले भनिन्।

रोजगारी गुमाएकालाई पुन:एकीकरण कार्यक्रम चलाउन श्रम मन्त्रालयले कार्यविधि ल्याउने भनिए पनि त्यसले अन्तिम रूप अझै पाएको छैन। कार्यविधि स्वीकृति हुने क्रममा पुग्दा तत्कालीन श्रममन्त्री रामेश्वर राय यादव बाहिरिएका थिए। नयाँ श्रममन्त्री गौरीशंकर चौधरीले आफूले कार्यविधि अध्ययन गरिरहेको बताए।

कोरोना महामारीको मारमा परेको वर्गलाई राहत पुग्‍ने गरी सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमा छ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको थियो। बजेटमा राखिएका कार्यक्रममध्ये केही सुरु गरिएका छन्। तर, कैयौं स्थानीय तहले संघीय सरकारले घोषणा गरेका कार्यक्रम प्रभावकारी नभएको दाबी गरेका छन्। ‘यी कार्यक्रममा नयाँपन छैन। यसबाट केही पनि उपलब्धि हुँदैन,’ धादिङको नीलकण्ठ नगरपालिकाका मेयर तथा नगरपालिका महासंघका महासचिव भीम ढुंगानाले भने, ‘रोजगारी सिर्जना गर्न उद्योग, प्रतिष्ठान स्थापना गर्नुपर्छ।’ उनले रोजगारीका कार्यक्रम पर्याप्त गृहकार्य गरेर ल्याउनुपर्नेमा जोड दिए।

ट्रिपरमा इँटा भर्नका लागि भारी बोकेर जाँदै शर्मिला विक।

श्रम मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चालु आर्थिक वर्षमा दुई लाखलाई रोजगारी दिने लक्ष्य राखेको छ। तर, फागुन १५ गतेसम्म उक्त कार्यक्रमबाट २३ हजारले मात्र रोजगारी पाएका छन्। त्यो पनि अघिल्लो वर्षको तुलनामा निकै कम अर्थात् दिनमा प्रतिव्यक्ति ५१७ रुपैयाँ पारिश्रमिकका दरले पाँच दिनका लागि मात्र। यो कार्यक्रमका लागि सरकारले ११ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक तथा मन्त्रालयका सहसचिव  घिमिरेले यसमा १० अर्ब ३४ करोड रुपैयाँ स्थानीय तहमा निकासा भइसकेको जानकारी दिए। ‘निकासा गरिएको रकममध्ये फागुन १५ गतेसम्म ६१ करोड रुपैयाँ मात्र खर्च हुन सकेको छ,’ उनले भने।

रोजगारी सिर्जना गर्ने सरकारका कार्यक्रमबाट कोरोना महामारीबाट पीडित भएका विपन्‍नलाई लाभ पुग्यो/पुगेन भन्‍ने तथ्यांक सार्वजनिक गरिएको छैन।

संयोजक घिमिरेले आर्थिक वर्षको बीचमै कार्यविधि फेरबदल हुँदा कार्यक्रम सञ्‍चालनमा समस्या देखिएको बताए। सामान्यत: कुनै पनि कार्यक्रमको कार्यविधि आर्थिक वर्षको अन्त्यमा मात्र बन्‍नुपर्छ वा फेरबदल गरिनुपर्छ। तर, प्रधानमन्त्री रोजगार कार्यक्रमको हकमा संघीय सरकारले गत कात्तिक २१ गते पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्‍चालन तथा व्यवस्थापन) कार्यविधि संशोधन गरेको थियो। त्यसपछि बेरोजगारलाई रोजगारी दिएबापत ७० प्रतिशत (ज्याला) संघीय बजेट र ३० प्रतिशत (निर्माण सामग्री खरिद) स्थानीय तहले बेहोर्नुपर्ने परिपत्र गरिएको संयोजक घिमिरेले बताए। ‘यो व्यवस्थाले पनि यो वर्ष लक्ष्यमा पुग्‍न निकै कठिन भइरहेको छ,’ उनले भने।

संघीय सरकारले नियम फेरबदल गर्नुअघि अर्थात् असारमै स्थानीय तहले बजेट तयार पारिसकेका थिए। ‘केही महानगरपालिकाबाहेक अधिकांश स्थानीय तहसँग यति ठूलो कार्यक्रम सफल पार्न बजेट भएन। गैरबजेटरी रकम चलाउन पाइँदैन,’ घिमिरेले भने। उनका अनुसार ४५० स्थानीय तहले चालु आर्थिक वर्षमा बेरोजगारलाई राहत पुग्‍ने गरी के कार्यक्रम गर्ने भन्‍नेबारे अहिलेसम्म कुनै योजना पेस गरेका छैनन्।

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गत वर्ष देशभरिका एक लाख पाँच हजार ३५ बेरोजगारले १६ दिनका दरले रोजगारी पाएको सरकारको तथ्यांक छ। यो वर्ष रोजगारीको माग गरेका करिब साढे सात लाख जना युवा रोजगार केन्द्रमा सूचीकृत भएको मन्त्रालयले जनाएको छ।

रोजगारी सिर्जना गर्ने सरकारका कार्यक्रमबाट कोरोना महामारीबाट पीडित भएका विपन्‍नलाई लाभ पुग्यो/पुगेन भन्‍ने तथ्यांक सार्वजनिक गरिएको छैन। ‘सरोकारवाला निकायबीच समन्वय हुन सके यस्ता कार्यक्रम प्रभावकारी बन्‍न सक्छन्,’ कार्यक्रम संयोजक घिमिरेले भने।

०००

‘आमनागरिकको मनोबलमै असर पर्‍यो’ 
कोरोना महामारीले आर्थिक वृद्धि र राजस्व संकलनमा केही समस्या भए पनि अर्थतन्त्रका अरू सूचक सकारात्मक छन्। विदेशी मुद्राको सञ्‍चिती, रेमिट्यान्स आप्रवाह राम्रो छ। आयात घटिरहेको छ। निर्यात बढेको छ। मुद्रास्फीति न्यून छ। कोरोना भाइरसले आर्थिक वृद्धिचाहिँ लक्ष्यअनुरूप नहुने भएको छ। कोरोना महामारीले नेपालमा सबैभन्दा बढी पर्यटन क्षेत्रमा असर गरेको छ। शैक्षिक संस्था पनि प्रभावित भए। चार महिनामा कोरोना महामारी सकिएला भन्‍ने अनुमान थियो तर यस्तो भएन।

पुष्पराज कँडेल
उपाध्यक्ष, राष्ट्रिय योजना आयोग

१५औँ योजनामा शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रलाई प्राथमिकताका क्षेत्र निर्धारण गरिएको थियो। त्यहीअनुसार काम हुनुपर्ने रहेछ भन्‍ने अहिले पुष्टि भएको छ। सूचना प्रविधिलाई विशेष जोड दिनुपर्ने देखिएको छ। स्वास्थ्य क्षेत्रमा एकदमै समस्या देखियो। यसमा लगानी बढाउनुपर्ने भएको छ।

महामारीका बेला भौतिक पूर्वाधारका कामसमेत रोकियो। भारत, चीन, जर्मनी, फ्रान्सबाट सामान र जनशक्ति पर्याप्त आउन नसक्दा कैयौं आयोजना प्रभावित भए। तामाकोसी जलविद्युत्जस्ता आयोजना समयमा पूरा हुन नसक्नु पनि कोभिड नै कारक बन्यो। मेलम्ची खानेपानी आयोजना, भैरहवा विमानस्थल निर्माणमा पनि असर पर्‍यो। योजना आयोगले १६ खर्ब ६६ अर्ब रुपैयाँको बजेट सिलिङ बनाएको थियो। १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट ल्याउनुपर्ने अवस्था आयो। जसले गर्दा विकास खर्च घट्यो। राजस्व संकलनमा कमी आयो। अर्थतन्त्र प्रभावित हुँदा आमनागरिकको मनोबलमा असर परेको छ।

०००

‘पूर्वाधार निर्माणमार्फत रोजगारी सिर्जना गर्नुपर्छ’
कोरोनाले पारेको मुख्य असर आर्थिक वृद्धिमा देखिइसकेको छ। कोरानाले रोजगारीको क्षेत्रमा असर गरेको छ। राष्ट्र बैंकले असारमा ६७४ उद्योग, प्रतिष्ठानलाई नमूनाका रूपमा लिएर गरेको सर्वेक्षणमा चार प्रतिशत मात्र पूर्ण सञ्‍चालनमा रहेको पाइएको थियो। कोरोना महामारी सुरु भएपछि ती उद्योगमा साढे २२ प्रतिशत बेरोजगार हुन पुगेको देखियो। कोरोनाले सिमान्त आय भएको वर्गलाई निरपेक्ष गरिबीमा धकेलेको अनुमान छ। कोरोनाकै कारण निरपेक्ष गरिबी कतिले बढ्यो भन्‍ने यकिन अध्ययन भइसकेको छैन।

चैतदेखि भदौसम्म कच्चा पदार्थलगायत पुँजी निर्माणसँग सम्बन्धित वस्तुको आयात घट्यो। यसले उत्पादनमा गिरावट आएको छ। पर्यटन क्षेत्रसँग सम्बन्धित होटल व्यवसाय प्रभावित भए। शिक्षा क्षेत्र पनि प्रभावित भएको छ।

गुणाकर भट्ट
कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक

कोरोनाविरुद्धको खोप आइसकेकाले सबैतिर आशा बढेको छ। राष्ट्र बैंकले मंसिरमा गरेको सर्वेक्षणले असारको तुलनामा अर्थतन्त्रमा केही सुधार हुँदै गएको देखाएको छ। यसले ५४ प्रतिशत उद्योग, प्रतिष्ठान पूर्ण सञ्‍चालनमा रहेको देखाएको छ। यस्तै, ८७ प्रतिशतले रोजगारी पाइरहेको देखिन्छ।

कोरोनाको नयाँ भेरिएन्टको कुरा पनि आइरहेको छ। आर्थिक वृद्धिका लागि सम्भाव्यता भएका अन्य क्षेत्र खोज्‍न थप मेहनत गर्नुपर्ने देखिएको छ। यो बेला सबैभन्दा महत्त्वपूर्ण क्षेत्र पूर्वाधार हो। पूर्वाधारको विकासले आर्थिक वृद्धिलाई अगाडि बढाउँछ। गुणस्तरीय पूर्वाधारमा कुल गार्हस्थ उत्पादनको एक प्रतिशतले लगानी वढाउन सक्ने हो भने २ प्रतिशतले आर्थिक वृद्धि बढाउन सकिन्छ भन्‍ने अन्तर्राष्ट्रिय मुद्रा कोषको पछिल्लो अध्ययन छ।

हामी अहिले पर्यटक भित्र्याउन सक्ने वा वस्तु निर्यात बढाउन सक्ने अवस्थामा छैनौँ। त्यसैले सरकारले पूर्वाधारमा खर्च बढाउनुपर्छ। ठूला परियोजना र राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन सकियो भने रोजगारी सिर्जना हुन्छ, उद्यमशीलता पनि विकास हुन्छ। अर्थतन्त्र चलायमान हुन्छ।

आयोजनाले रोजगारी मात्र सिर्जना गर्दैन। त्यसवरिपरि कसैले कुखुरा, कसैले भैँसी पाल्न थाल्छन्। कसैले पसल राख्‍न थाल्छन्। कामको खोजीमा अन्यत्र गएकालाई स्थानीय तहमै रोजगारी दिन सकिन्छ। पूर्वाधारमा लगानीले दिगो विकासको लक्ष्य हासिल गर्न सघाउँछ। कृषि, ऊर्जा, पर्यटन, घरेलु तथा साना उद्योगमा लगानी गर्नुपर्ने देखिएको छ। यी आत्मनिर्भर बनाउन सम्भावना भएका क्षेत्र हुन्। दुई छिमेकी मुलुकबाट मात्र केही पर्यटक भित्र्याउन सक्यौँ भने नेपाललाई ठूलो लाभ मिल्छ। दुई/तीन वर्षको तथ्यांक हेर्ने हो भने नेपालमा आउने धेरै पर्यटक भारत र चीनका छन्। कृषि, ऊर्जा र पर्यटनको विकासलाई पूर्वाधारसँग जोड्नुपर्छ।

पूर्वाधार विकासका लागि राष्ट्र बैंकले गरेको परिकल्पनाअनुसार पूर्वाधार विकास बैंक आइसकेको छ। त्यो बैंकले लगानी गर्न सुरु गरेको छ। राष्ट्र बैंकले प्रत्येक वाणिज्य बैंकलाई ऊर्जाको क्षेत्रमा १० प्रतिशत लगानी गर्न निर्देशन दिइसकेको छ। कोरोना महामारीले कृषि तथा ऊर्जा क्षेत्रमा आत्मनिर्भर हुनैपर्ने रहेछ भन्‍ने महसुस गराएको छ।

तस्बिरहरु: टंक ढकाल

(नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्कसँगको सहकार्यमा)

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १३:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्