सल्लेरी, सोलुखुम्बु- महाकुलुङ गाउँपालिका–१ मा लेक लागेर एक जनाको मृत्यु भएको छ।
सोलुदूधकुण्ड नगरपालिका– १० टाप्टिङका २९ वर्षीया पेमारिञ्ज शेर्पाको लेक लागेर आइतबार मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मेरापिकको खोर भन्ने स्थानमा मृत्यु भएका शेर्पाको शव हेलिकप्टरमार्फत उद्धार गरी तेन्जीङ हिलारी विमानस्थल लुक्ला लगिएको र आवश्यक कानूनी प्रक्रिया पूरा गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रद्युम्न अधिकारीले जानकारी दिए।
यसैबीच महाकुलुङ गाउँपालिका– १ कोठेमा अर्का एक जनाको पनि लेक लागेर ज्यान गएको छ। इटहरी उपमहानगरपालिका–२ का ३८ वर्षीय डिल्लीप्रसाद पौडेलको लेक लागेर ज्यान गएको हो। बिरामीलाई उद्धार गर्न आएको हेलिकप्टर मौसम प्रतिकूलताका कारण अवतरण हुन नसक्दा पौडेलको ज्यान गएको प्रहरीले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।