• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जसपाले यसकारण गर्दैछ ओलीलाई सहयोग 

64x64
वीरेन्द्र ओली आइतबार, चैत २९, २०७७  २०:५६
1140x725
प्रधानमन्त्री ओलीसँगको छलफलमा जसपा नेताहरू। फाइल तस्बिर।

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा संयुक्त सरकार गठनका लागि औपचारिक प्रस्ताव गरेको दुई दिन बित्यो। बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूसमक्ष यस्तो प्रस्ताव गरेका थिए। देउवाको प्रस्तावमा माओवादी केन्द्र उतिखेरै सकारात्मक देखिएको हो। कांग्रेस र माओवादी केन्द्र यतिखेर जसपाको निर्णय पर्खेर बसेका छन्।  तर, सत्ताको ‘चाबी लिएर बसेको’ जसपा अनिर्णित हुँदा नयाँ सत्ता समीकरण बन्न सकेको छैन।

यतिखेर सत्ता समीकरणमा निर्णायक शक्ति बनेको जसपा एकमत हुन नसक्दा एकातिर संयुक्त सरकार निर्माणको प्रक्रिया अघि बढ्न सकेको छैन भने अर्कोतर्फ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निरन्तरता वा बहिर्गमनसमेत अन्योलमा छ। आइतबार बसेको जसपाको पदाधिकारी बैठकले यसबारे केही निर्णय गर्ने अपेक्षा गरिएको थियो। तर, आइतबारको बैठक कुनै निर्णय नगरी सकिएको छ। जसपाका एक नेताका अनुसार सोमबार पनि पदाधिकारी बैठकलाई निरन्तरता दिइनेछ। 

जसपाका नेता राजेन्द्र महतोले भने ‘कांग्रेस र कम्युनिस्टलाई सत्ताको चिन्ता भएपनि आफूहरूलाई मुद्दासँग मात्रै सरोकार भएको’ टिप्पणी गरे। ‘हामी आफ्ना माग पुरा गराउन केपी ओलीसँग एक ढंगको छलफल गरिरहेका छौं, त्यो एउटा प्रक्रियामा पुगिसकेको छ’, महतोले भने, ‘के हामीले कांग्रेस र कम्युनिस्टको सत्ता चढ्ने भर्‍याङ बनिदिने निर्णय गरिदिनु पर्ने हो? त्यस्तो जसपालै कहिल्यै गर्दैन?’ 

आफ्ना माग सम्बोधन गर्ने शर्तमा जुनसुकै पार्टीलाई पनि समर्थन गर्न सकिने उनले बताए।  

जसपा लामो समयदेखि यस्तै अलमलमा रहेकाले माओवादी केन्द्रले समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन। माओवादीले समर्थन फिर्ता लिएलगत्तै ओली सरकार अल्पमतमा पर्ने निश्चित छ। अल्पमतमा परे लगतै प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानमा व्यवस्था छ। त्यो अवस्थामा ओलीले विश्वासको मत प्राप्त नगर्ने, तर अर्को सरकार पनि बन्न सक्ने स्थिति नहुँदा उनले मुलुकलाई नयाँ निर्वाचनमा लान सक्ने भएकाले माओवादी समर्थन फिर्ता नलिइ बसेको छ।   

कमजोर ओलीबाट लाभ लिन सकिने आकलन 
अहिलेको जसपा विभिन्न मधेशकेन्द्रित दलहरूको गठजोड हो। मधेशकेन्द्रित दलप्रति हिजो सबैभन्दा धेरै अनुदार कोही थिए भने ती प्रधानमन्त्री ओली नै थिए भन्नेबारे जसपाका नेताहरू भलिभाँती जानकार छन्। संविधान निर्माण प्रक्रियादेखि संविधान जारी भएपछि नेपालमाथि भारतले गरेको नाकाबन्दी, संविधान संशोधनलगायत मधेशकेन्द्रित राजनीतिका अन्य मुद्दामा समेत ओलीको अनुदार व्यवहार पटक-पटक प्रदर्शित भएको थियो। तर, अनौठो तवरबाट अहिले जसपाका नेताहरू प्रधानमन्त्री ओलीबाटै आफूहरूले उठाएका माग र मुद्दा पूरा हुनेमा आशावादी देखिएका छन्। जसपाको यही शैलीले चौतर्फी अप्ठेरोमा परिसकेका प्रधानमन्त्री ओलीलाई त्राण मिलेको छ।

जसपाले यसो गर्नुको कारण के होला? जसपा नेता महतोले प्रधानमन्त्री ओली मधेशप्रति अनुदार भए पनि उनीबाटै आफ्ना माग सम्बोधन गराउँदा बेग्लै सन्देश जाने नेपाल लाइभलाई बताए। ‘केपी ओली मधेशीका मुद्दामा कति अनुदार छन् भन्ने नाकाबन्दीका बेलाका अभिव्यक्ति सुने पुग्छ। उनमा कति नश्लवादी सोच छ भन्ने उनका हरेक भाषण सुन्दा थाहा हुन्छ’, महतोले भने, ‘तर, अहिले ओली इतिहासकै कमजोर मोडमा आइपुगेका छन्। यस्तो बेला उनीबाट हामीले उठाएका माग अधिकतम पूरा हुन सक्छन्।’ 

महतोले ओलीमा अति खराब कामदेखि निकै राम्रा कामसमेत गर्न सक्ने आँट भएकाले आफूहरूले आशा गरेको समेत बताए। ‘प्रचण्ड र देउवा लचिलो भए पनि हामीले उठाएका माग पूरा गराउन कठिन छ’, उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेस, एमाले र माओवादीको ध्यान सत्तामा भए पनि आफूहरू मुद्दामा मात्र केन्द्रित भएको दाबी महतोको छ। जसपाले टीकापुर हत्याकाण्डका अभियुक्त, कैलालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रेशम चौधरीसहित मधेश आन्दोलनका बन्दीहरू रिहा गरिनुपर्ने, मधेश आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिइनुपर्ने, गिरिशचन्द्र लाल आयोगको  प्रतिवेदन सार्वजनिक गरिनुपर्ने, संविधान संशोधन र नागरिकता सम्बन्धी मुद्दा सम्बोधन गर्नुपर्ने माग राख्दै आएको छ। यी मुद्दा प्रधानमन्त्री ओलीले नै सम्बोधन गर्ने आशासहित जसपा ओलीविरुद्धको मोर्चाबन्दीमा उभिएको छैन।

तत्कालीन समाजवादी भन्दा राजपा हाबी हुनु
जसपा अहिले एउटै पार्टी हो, तर तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी मिलेर बनेको जसपामा एकीकरण प्रक्रिया नै टुंगिएको छैन। यसको असर जसपामा स्पष्ट दुई धार देखिन्छ। जसपाको तत्कालीन समाजवादी पार्टीपक्ष प्रधानमन्त्री ओलीसँग सत्ता-सहकार्यमात्र होइन, संवाद नै गर्न नहुने अडानमा छ। त्यसको नेतृत्व तत्कालीन समाजवादीभित्रका उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई लगायतका नेताहरूले गरिहेका छन्। 

उनीहरू ओली सरकारमा जानैपर्ने बाध्यता आइलागे एउटै पार्टीमा समेत बस्न नसकिने मूडमा छन्।  यसअघि माग सम्बोधन गर्ने शर्तमा दुई बुँदे सहमति गरेर तत्कालीन समाजवादी पार्टी सरकारमा सामेल भएपनि मुद्दा उठाउँदा उल्टै अपमानपूर्वक निकालिएको भन्दै समाजवादीतिरका नेताहरू अहिले पनि त्यो कुरा उठाइरहेका छन्। त्यही कारण अगाडि सारेर उनीहरू जसपाले उठाएका माग पूरा हुनेमा पनि आशावादी देखिँदैनन्।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, समावेशी समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत परिवर्तनका मुद्दालाई संस्थागत गर्न पनि ओलीको विकल्प खोज्नुपर्ने उनीहरूको अडान छ। त्यहीकारण उनीहरूले प्रधानमन्त्री ओलीविरुद्धको मार्चाबन्दीमा दृढतापूर्वक उभिउनुपर्ने धारणा राख्दै आएका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायत नेताहरू प्रधानमन्त्री ओलीको विकल्प खोज्ने भन्दा आफ्ना माग र मुद्दा सम्बोधनतर्फ लाग्नुपर्ने बताउँदै आएका छन्। ओली, देउवा, प्रचण्डदेखि एमालेका माधवकुमार नेपाल–झलनाथ खनाल पक्षलाई हेर्ने दृष्टिकोणसमेत समान बनाउनुपर्ने भन्दै उनीहरूले ओलीबाट सकिने जति सबै माग पूरा गराउनुपर्ने बताइरहेका छन्। प्रधानमन्त्री ओली सबभन्दा कठिन मोडमा रहेकाले यहीबेला आफ्ना माग पूरा गराउन सकिने आकलन उनीहरूको छ, जसले अप्रत्यक्ष रूपमा ओलीलाई सजिलो बनाएको छ।  

यसअघि तत्कालीन राजपाले संविधान संशोधन गर्ने शर्तमा प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई समर्थन दिएको थियो। प्रधानमन्त्री ओलीबाट एक वर्षसम्म आफ्ना माग सम्बोधन हुने संकेत नदेखेपछि राजपाले समर्थन फिर्ता लिएको थियो। अहिले फेरि जसपा ओलीलाई नै सहयोग पुग्नेगरी निर्णय लिन अलमल किन गर्दैछ त? जसपाको राजनीतिलाई नजिकबाट नियालेकाहरू त्यहाँभित्र पूर्वराजपा पक्षधरहरू हाबी हुनुलाई यसको कारण मान्छन्।

‘जसपाले सिधै ओली सरकारलाई समर्थन गर्ने निर्णय गर्न गाह्रो छ, तर ओली सरकारको विरोधमा निर्णय गर्नलाई तत्कालीन समाजवादी पार्टीपक्ष राजपाभन्दा कमजोर छ’, एक नेताले भने, ‘जसपा अनिर्णयको बन्दी बन्नुमा यो कुराले पनि ठूलो भूमिका खेलेको छ।’ 

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  २०:५६
  • #केपी_ओली
  • #जसपा
  • #समर्थन
  • #नयाँ_सरकार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको फोटोसहितको समाचार सार्वजनिक भएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जालमार्फत... आइतबार, कात्तिक १, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन... शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्