• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीको शक्ति अभ्यास : सुनुवाइ समितिमा निर्णायक बन्ने प्रयास

64x64
किशोर दहाल आइतबार, चैत २९, २०७७  १८:५१
1140x725

काठमाडौं- प्रतिनिधि सभा विघटन गरेका र पछिल्लो समय संसद्लाई विजनेश नदिएरसमेत आलोचित प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का महत्त्वपूर्ण समितिहरूमा समेत आफू शक्तिशाली र निर्णायक बन्ने प्रयास शुरु गरेका छन्। त्यसका लागि एमालेका तर्फबाट रणनीतिक रूपमा संसदीय समितिमा रहने नाममा हेरफेर गर्न लागिएको छ।

एउटा उदाहरण संसदीय सुनुवाइ विशेष समिति हो। समितिमा अहिले १४ जना सदस्य छन्। संविधानको धारा २९२ (२) मा संघीय संसद्का दुवै सदनका सदस्यहरू रहनेगरी संघीय कानुन बमोजिम १५ सदस्यीय एक संयुक्त समिति गठन गरिने व्यवस्था गरिएको छ। सोही अनुसार गठन भएको संसदीय सुनुवाइ विशेष समितिमा योगेश भट्टराई मन्त्री भएसँगै अहिले १४ सदस्य मात्रै छन्। जहाँ नेकपा एमालेका ४ जना सांसद् छन्। त्यसमा पनि ओली पक्षका दुई जना मात्रै छन्।

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ अनुसार 'प्राप्त नाम समितिको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाई बहुमतबाट अस्वीकृत नभएमा अनुमोदन भएको मानिने छ' भन्ने व्यवस्था छ। अहिलेकै शक्ति संरचना अनुसार अन्य सदस्यले अस्वीकार गरेको अवस्थामा सिफारिसहरू संसदीय सुनुवाइबाट अस्वीकृत हुनसक्छन्।

समितिमा १५ जना सदस्य रहेको अवस्थामा कुनै पनि सुनुवाइ प्रस्तावलाई स्वीकृत गर्न ६ जना भए पुग्छ। अस्वीकृत गर्न १० जना चाहिन्छ।

अहिले समितिमा ओलीले आफू पक्षका ५ जनाको नाम सिफारिस गरेका छन्। गत चैत २५ गते एमालेका मुख्य सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटलाई पठाएको पत्रमा संसदीय सुनुवाइ समितिमा निरुदेवी पाल, खगराज अधिकारी, विशाल भट्टराई, शान्ता चौधरी र राजेन्द्र राईलाई राख्न भनिएको छ। उनीहरू सबै प्रतिनिधि सभा सदस्य हुन्। यसअघि सो समितिमा नेकपाको प्रतिनिधित्व गर्दै प्रतिनिधि सभाका तर्फबाट निरुदेवी पाल, सुरेन्द्र पाण्डेसहित माओवादीका चार जना सांसद् थिए। अहिले पाण्डेलाई हटाउने प्रस्ताव गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

संसदीय सुनुवाइ समितिमा राष्ट्रिय सभाका पनि सदस्य हुन्छन्। अहिले समितिमा ओली पक्षका सुमनराज प्याकुरेल र माधवकुमार नेपाल पक्षका नन्दा चपाईं सदस्य छन्। सुनुवाइ समितिको पुनर्संचना भएको स्थितिमा पनि ओली पक्ष बाहेकले दुई तिहाइ पुर्‍याउने स्थिति रहँदैन। जसले गर्दा संसदीय सुनुवाइ समितिबाट ओलीले चाहेका हरेक प्रस्ताव स्वीकृत हुनसक्छन्।

संसदीय सुनुवाइ नै नभइकन यसअघि विभिन्न संवैधानिक निकायका तीन दर्जन पदाधिकारी नियुक्त भएका थिए। सरकारले ल्याएको विवादास्पद अध्यादेश अनुसार मंसिर ३० गते बसेको संवैधानिक परिषद्का केही सदस्यहरूको बैठकले ती पदाधिकारी सिफारिस गरेको थियो। तर, पुस ५ गते प्रतिनिधि सभा विघटनपछि मात्रै सिफारिस गरिएको विषय सार्वजनिक भएको थियो। प्रतिनिधि सभा विघटन भएसँगै संसदीय सुनुवाइ हुन सकेन। परिणामतः उनीहरू स्वतः स्वीकृत भए। त्यतिबेला संसदीय सुनुवाइ हुने अवस्था रहेको भए ती सिफारिस अस्वीकृत हुने आकलन गरिएको थियो।

सर्वोच्च अदालतमा सिफारिस भएका दुई न्यायाशीधको अहिले संसदीय सुनुवाइ समितिमा सुनुवाइ चलिरहेको छ। चैत ३ गतेका लागि अर्को बैठक बोलाइएको छ। त्यसअघि नै आफू निकटका सांसद्हरूलाई सो समितिमा भित्र्याएर आफ्नो पक्षमा निर्णय गर्ने ओलीको प्रयास देखिन्छ। त्यसैलाई ध्यान दिँदै एमालेले केही समययता संसदीय समितिमा सदस्य हेरफेरको कुरा उठाउँदै आएको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083
सभामुखलाई पठाइएको पत्र।

गत चैत २६ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि एमालेले यो विषयलाई जोड दिएको थियो। उसले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरू चाहिँ टुंग्याइहालौं भनेर जोड दिएको बैठकमा सहभागी एक सांसद् बताउँछन्। तर, अहिले सुनुवाइको प्रक्रिया अघि बढिरहेको र कतिपय गोप्य कुराहरू अहिले रहेका सांसद्हरूलाई जानकारी हुने भएकाले यो प्रक्रिया नटुंग्याइ नयाँ सदस्य ल्याउनु उचित हुँदैन भनेर कांग्रेसले विरोध जनाएको थियो।

विशाल भट्टराईले पठाएको पत्रमा कार्यव्यवस्था परामर्श समिति, संसदीय सुनवाइ समिति, राज्य व्यवस्था समिति, सार्वजनिक लेखा समिति, महिला तथा बालबालिका समिति, कृषि, सहकारी समिति तथा प्राकृतिक स्रोत समिति र अर्थ समितिमा सदस्यहरु हेरफेर तथा थपघट गर्न प्रस्ताव गरिएको छ। तर, महत्त्वपूर्ण केही समितिलाई ख्याल गर्दै उक्त प्रस्ताव गरिएको ओलीको रणनीतिबारे जानकार एक नेता बताउँछन्। 'निश्चित समितिमा मात्रै हेरफेर गरियो भने आशंका र चर्चा हुन्छ। त्यसैले थप केही समितिमा पनि हेरफेरको प्रस्ताव गरिएको हो', उनले भने।

भट्टराईको पत्रमा राज्य व्यवस्था तथा सुशासन समितिमा खेम लोहनी, महेश बस्नेत, दामोदर भण्डारीलाई थप गर्न भनिएको छ। सार्वजनिक लेखा समितिमा गोकुल बाँस्कोटा र राजेन्द्र गौतमलाई थप गर्न भनिएको छ। त्यस्तै, महिला तथा सामाजिक समितिमा जानकी देवी रामलाई थप्न भनिएको छ। उनी केही दिनअघि मात्रै सांसद् भएकी हुन्। त्यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा घनश्याम भुसाल र योगेश भट्टराईलाई थप गर्न भनिएको छ। अर्थ समितिमा मोतीलाल दुगडलाई राख्न खोजिएको छ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १८:५१
  • #ओली
  • #केपी_ओली
  • #नेकपा_एमाले
  • #संसदीय-सुनुवाइ
  • #संसदीय_सुनुवाइ_समिति

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन्। ५ हजार ४०० मतगणना हुँदा... बिहीबार, असोज २९, २०८३
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु... बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्