दमक– झापाको दमक नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भीम पौड्यालको घरमा गए राति बम बिस्फोट भएको छ। विस्फोटका कारण बाटो हिँडिरहेका २ जना यात्री घाइते भएका छन्।
राति करिब साढे ८ बजे ठूलो आवाजसहित बम बिस्फोट भएको थियो। पौड्यालको घरको चेनगेटमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ।
बमको छर्रा लागेर घर अगाडि बाटो हिँडिरहेका सेमु राई र तीलोचन पोखरेल घाइते भएको प्रहरीले जानकारी दिएको छ। उनीहरु गर्मीका कारण बाटोमा टहलिँदै थिए। घाइते दुवैको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटना कसले गराएको भन्नेबारे अनुसन्धान जारी रहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।