• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन १३, २०८३ Wed, Jul 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सरकारी अध्ययनको निष्कर्ष : हचुवामै बन्छ नीति तथा कार्यक्रम, बजेट सुनिश्‍चितता नहुँदा योजना बेवारिसे

64x64
दुर्गा दुलाल शनिबार, चैत २८, २०७७  २०:३०
1140x725

काठमाडौं- अर्थ मन्त्रालय यतिबेला बजेटको छलफलका लागि हरेक मन्त्रालयमा पुगेर सुझाव लिइरहेको छ। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण अर्थ मन्त्रालय यसको तयारीमा जुटेको छ।

तर, सरकारकै निकायले गरेको एक अध्ययनमा हरेक वर्ष बजेटअघि पेश गर्ने नीति तथा कार्यक्रम हचुवाको भरमा निर्माण हुने गरेको निष्कर्ष निकालेको छ। राष्ट्रिय नीति अध्ययन प्रतिष्ठानले गरेको पाँच वर्षको नीति तथा कार्यक्रमको अध्ययनपछि यस्तो निष्कर्ष निकालेको हो।

प्रतिष्ठानले गरेको ‘नेपाल सरकारले संसद्‍मा पेस गर्ने वार्षिक नीति तथा कार्यक्रमलाई अधिक वस्तुपरक र कार्यान्वयनमुखी बनाउनेसम्बन्धी’ अध्ययनले नीति तथा कार्यक्रममा राखेका मन्त्रालयहरूले नै त्यसको स्वामित्व नलिने गरेकोसमेत उल्लेख गरेको छ। जुन मन्त्रालयको नाममा नीति तथा कार्यक्रममा पर्‍यो उक्त मन्त्रालयले त्यसमा चासो नदिने, कार्यान्वयन भए/नभएको र त्यसका लागि आवश्यक बजेट व्यवस्था भए/नभएको ख्याल नै नगर्ने गरेको अध्ययनमा देखिएको छ।

संसद्‍मा राष्ट्रपतिद्वारा पेस गरिने नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्थामा भने उत्साहप्रद हुन नसकेको प्रतिवेदनमा औंल्याइएको छ। केहीलाई छाडेर अधिकांश मन्त्रालयहरूको कार्यान्वयन क्षमता नदेखिएको प्रतिवेदनमा उल्लेख छ। ‘हरेक वर्ष नीति तथा कार्यक्रमले निर्धारण गरेका कुन-कुन बुँदा कार्यान्वयन भए, कुन-कुन बुँदा कार्यान्वयन भएनन् र कार्यान्वयन नहुनको कारण के हुन् भन्‍ने बारेमा वस्तुगत समीक्षासमेत नहुने गरेको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ।

प्रतिष्ठानले आर्थिक वर्ष २०७३/७४, २०७४/७५ र २०७५/७६ लाई उपलब्धिको हिसावले अन्य वर्षभन्दा केही आशा गर्न सकिने वर्षका रूपमा प्रतिवेदनमा उल्लेख गरेको छ। नीति तथा कार्यक्रम कहिले एकदमै लामो र कहिले छोटो हुने गरेकोले प्रस्तुतिमा एकरूपता ल्याउन आवश्यक भएको सुझाव अध्ययनले दिएको छ। त्यस्तै, उही विषयका नीतिहरूको पनि प्रत्येक वर्ष लक्ष्य फेरिने समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ। 

आर्थिक वर्ष २०७२/०७३ देखि २०७६/७७ सम्मका नीति तथा कार्यक्रमहरूको अध्ययन गर्दा यसको पुनःसंरचना गर्नुपर्ने अवस्था देखिएको नीति प्रतिष्ठानका कार्यकारी निर्देशन विष्णुराज उप्रेतीले बताए। हरेक वर्ष एउटै जस्तो नीति तथा कार्यक्रम आउने तर ती कार्यान्वयन नहुने गरेको र त्यसको जिम्मेवारीसमेत कसैले नलिँदा बेवारिसे हुने गरेको उनले बताए। अध्ययनपछि प्रतिष्ठानले आगामी नीति तथा कार्यक्रम निश्चित खाका, योजना र समय निर्धारण गरेर तयार गर्नसमेत सिफारिस गरेको कार्यकारी निर्देशक उप्रेतीले बताए।

सम्बोधन कि नीति तथा कार्यक्रम?
सरकारले संसद्‍मा पेस गर्ने वार्षिक योजना ‘नीति तथा कार्यक्रम’ हो कि राष्ट्रपतिको सम्बोधन भन्‍नेमासमेत भिन्‍नता पाइएको छ। यसमा फरक-फरक अभ्यास रहेको देखिएको छ।

आर्थिक वर्ष ०७४/७५ सम्म ‘नेपाल सरकारको नीति तथा कार्यक्रम’ भन्‍ने गरिएकोमा आर्थिक वर्ष २०७५/७६ मा ‘राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकलाई गर्नुभएको सम्बोधन’ भनियो। प्रतिष्ठानले यसरी दुई वटा रूपमा भन्दा ‘राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकलाई गर्नुभएको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमसहितको सम्बोधन’ भनी शीर्षक राख्‍नसमेत सुझाव दिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

नीति तथा कार्यक्रममा ११ बुँदे सुझाव
प्रतिष्ठानले अध्ययनपछि आगामी नीति तथा कार्यक्रममा गर्नुपर्ने सुधार भन्दै ११ बुँदे सुझाव प्रस्तुत गरेको छ। एउटै नाम राख्‍नेदेखि आकार र समयावधिसमेत तोकेर प्रस्तुत गर्न भनेको छ।

सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई विशेष परिस्थितिबाहेक बढीमा एक घन्टादेखि सवा घन्टाभित्र प्रस्तुत गर्ने गरी संक्षिप्त बनाउन प्रतिष्ठानले सिफारिस गरेको छ। नीति तथा कार्यक्रम तर्जुमा गर्दा विषयगत संरचनामा ध्यान दिन भनिएको छ।

प्रतिष्ठानले धानबालीको लागि प्रतिहेक्टर रासायनिक मल औसतमा कति परिमाण हो तोकेर अनुदान दिने निर्णय लेख्‍न भनेको छ। नत्र हचुवामा हुने र यसले कुनै पनि परिणाम नदिने प्रतिवेदनमा उल्लेख छ। नीतिगत प्रभाव पार्ने खालका कार्यक्रम र नीति प्रस्थान गर्ने खालका कार्यक्रमलाई स्थान दिने व्यवस्था गर्नसमेत प्रतिष्ठानले सिफारिस गरेको छ। नीति तथा कार्यक्रम र अर्थमन्त्रीले संसद्‍मा पेस गर्ने बजेटको समयान्तर कम्तीमा पनि चार हप्ताको बनाउन भनेको छ। अर्थ मन्त्रालयले बजेटमा समेट्नुपर्ने भएकाले कार्यान्वयन गर्न र नतिजा प्राप्त गर्न सहयोग हुने आयोजनाको छनोट हुनसक्ने प्रतिवेदनमा उल्लेख छ।

नीति तथा कार्यक्रम निर्माण गर्दा हचुवा वा कुनै एक व्यक्तिको भरमा मात्र नगर्न प्रतिष्ठानले सुझाव दिएको छ। अध्ययन प्रतिवेदनले नीति तथा कार्यक्रम निर्माणका लागि नीति तथा कार्यक्रम मस्यौदा समिति निर्माण गर्ने र उक्त समितिमा राष्ट्रिय योजना आयोग, विभिन्‍न मन्त्रालय र नीति प्रतिष्ठानका प्रतिनिधिहरूलाई संलग्न गराउने सिफारिसमा उल्लेख छ।

नीति तथा कार्यक्रममा लिइएका लक्ष्यहरू प्राप्तिका लागि समन्वय र निरन्तरता नहुने गरेको भन्दै प्रतिष्ठानले यसमा जोड दिन भनेको छ। लक्ष्य तोक्दा मन्त्रालयहरूले दीर्घकालिन सोच, लक्ष्य, उद्देश्य, नीति, रणनीति, योजनाको लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिबद्धतासमेतको विषयमा एकीकृत सोच राखी कार्यक्रम समावेश गरेर मन्त्रालयले त्यस्तो लक्ष्य हासिल गर्न जिम्मेवारी लिनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

नीति तथा कार्यक्रम निर्माणदेखि कार्यान्वयन र अनुगमनसम्मका संरचना निर्माण गर्न प्रतिवेदनमा सिफारिस गरिएको छ। नीति तथा कार्यक्रममा कहिले गर्ने, कति गर्ने, कसरी गर्ने र त्यसका लागि आवश्यक कानुनी व्यवस्थासमेत खुलाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ। दीर्घकालिन नीति प्रस्ताव गर्दा सार्वजनिक नीति निर्माणको नीति चक्रलाई अनुशरण गर्न प्रतिवेदनमा भनिएको छ।

सरकारले निर्माण गर्ने नीति तथा कार्यक्रम र बजेटका बीचमा तादाम्यता कायम गर्न प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयले आफूसँग भएका संयन्त्रमार्फत् क्षेत्रगत प्रगतिसमेत हेर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। परिणात्मक र गुणात्मक परिणामका लागि सशक्त एवं प्रभावकारी मूल्यांकन प्रणालीको स्थापना गर्न पनि प्रतिवेदनमा भनिएको छ।

नीति तथा कार्यक्रम तर्जुमा र मूल्यांकनमा क्षमता विकास गर्ने र  प्रभावकारी कार्यान्वयनका लागि समन्वय गर्ने कार्य हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

प्रधानमन्त्री कार्यालयलाई १४ सुझाव 
प्रतिवेदनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई नीति तथा कार्यक्रम निर्माणदेखि कार्यान्वयनसम्मका लागि १४ बुँदे सुझाव दिएको छ। नीति तथा कार्यक्रम निर्माण गर्दा प्रत्येक मन्त्रालयसँग छलफल गर्नेदेखि नीति तथा कार्यक्रममा उल्लेख भएका विषयहरू बजेटमा समावेश भए/नभएको यकिन गर्नेसम्म उल्लेख छन्।

नीति तथा कार्यक्रम पारित भएपछि त्यसको कार्यान्वयनका लागि कम्तीमा तीन-तीन महिनामा बैठक राखी प्रगति समीक्षा गर्ने, आयोजना निर्माणमा कानुनी समस्या भए तत्काल संसद्को बैठकबाट समाधान गर्न सहयोग गर्ने, आयोजनाका लागि खरिद, जग्गा प्राप्ति, वातावरणीय प्रभाव मूल्यांकनजस्ता बारम्बार दोहोरिने समस्याहरूको समाधानका लागि मुख्यसचिवको नेतृत्वमा सरोकारवाला मन्त्रालयको संयन्त्र विकास गर्ने र नतिजामा आधारित सूचना प्रणालीको विकास गर्न सुझावमा भनिएको छ।

बजेट व्यवस्थापन सूचना प्रणालीमा सुधार गर्न वित्तीय व्यवस्थापन सूचना प्रणालीबाट पनि सूचना लिनसक्ने बनाउन प्रतिवेदनमा भनिएको छ। 

प्रत्येक तीन-तीन वर्षमा घोषित नीति तथा कार्यक्रमको बुँदागत कार्यान्वयनको मूल्यांकन गर्ने पद्धतिको स्थापना गर्ने, अन्तरप्रदेश परिषद्को नियमित बैठक गर्ने सिफारिस प्रतिवेदनले गरेको छ।

अन्य सरोकारवाला मन्त्रालयलाई पनि प्रतिष्ठानले ११ बुँदे सुझाव दिएको छ। प्रतिष्ठानले नीति तथा कार्यक्रममा समावेश गर्न मन्त्रालयगत प्रस्ताव तयार गर्दा बजेट प्रस्ताव भएको छ वा छैन वा आवश्यक पर्ने वा नपर्ने के हो स्पष्ट हुने गरी नीति तथा कार्यक्रमको मस्यौदा तर्जुमा गर्न प्रतिवेदनमा भनिएको छ। साउन १ देखि नै कार्यक्रम गर्नसक्ने व्यवस्था मिलाउन पनि प्रतिवेदनमा सुझाइएको छ।

प्रतिवेदनले अर्थ मन्त्रालयलाई तीन बुँदे सुझाव दिएको छ। सम्बोधनमा समावेश भएका नीति तथा कार्यक्रमलाई बजेटको व्यवस्था भए/नभएको यकिन गरी बजेट आवश्यक पर्ने भए यकिन गरी व्यवस्था गर्न प्रतिवेदनमा सिफारिस गरिएको छ। बजेट व्यवस्थापन सूचना प्रणालीमा सुधार गर्न वित्तीय व्यवस्थापन सूचना प्रणालीबाट पनि सूचना लिनसक्ने बनाउन प्रतिवेदनमा भनिएको छ। 

नीति तथा कार्यक्रम कार्यान्वयनको चरणमा रकमान्तरण, कानुन तर्जुमा, स्रोत व्यवस्थापन, कार्यक्रम संशोधनलगायत कार्यमा सीमाभित्र सहमति, स्वीकृति वा निर्णय दिने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न प्रतिवेदनमा भनिएको छ। राष्ट्रिय योजना आयोगलाई सम्बोधनका क्रममा समावेश भएका नीति तथा कार्यक्रमको प्राथमिकीकरण गरी बजेट सीमा उपलब्ध गराउन प्रतिवेदनमा सिफारिस गरिएको छ।

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ। मंगलबार, साउन १२, २०८३
पुँजी बजारको दिगो विकासका लागि गुणस्तरीय नियमनमा अर्थमन्त्री वाग्लेको जोड उनले उच्च नैतिकता, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर काम गर्न बोर्ड नेतृत्वलाई निर्देशन दिए । नयाँ अध्यक्ष नियुक्तिपछ... मंगलबार, साउन १२, २०८३
आन्तरिक राजस्व विभागले भन्यो: बिजुलीको भ्याट १ साउनबाट मात्र कार्यान्वयन आर्थिक ऐन २०८३ ले मूल्य अभिवृद्धि कर ऐन २०५३ संशोधन गरी सरकारले विद्युत् सेवा प्रदान गर्ने अन्तिम उपभोक्तालाई ५ प्रतिशत तथा अन्य व्य... सोमबार, साउन ११, २०८३
ताजा समाचारसबै
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
संयमता अपनाउन सरकारको अपिल मंगलबार, साउन १२, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सुरक्षा प्रमुखसहरुसहित गृहमन्त्रालयमा छलफल सुरु मंगलबार, साउन १२, २०८३
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्