काठमाडाैं- सत्तासमीकरणबारे छलफल गर्न नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुको बैठक सुरु भएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक सुरु भएको हो।
बैठकमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहित नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङलगायतका नेता देउवा निवास बूढानीलकण्ठ पुगेका छन्।
जसपाका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ र अशोक राई पनि बैठकका लागि पुगेका छन्।
प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले बैठकका लागि पहल गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली सरकारको विकल्प खोज्ने विषयमा तीन दलबीच छलफल हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।