काठमाडाैं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेका छन्।
नयाँ सरकारका लागि समीकरण बनाउन सभापति देउवाले आज माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेतासँग छलफल गर्न लागेका हुन्। उनले बिहीबार आजका लागि संयुक्त बैठक बोलाएका थिए। सोहीअनुसार माओवादी अध्यक्ष दाहाल देउवा नेवास पुगेका हुन्।
अध्यक्ष दाहालसँगै माओवादी नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङलगायतका नेता देउवा निवास बू्ढानीलकण्ठ पुगेका छन्।
जसपाका नेताहरु पनि देउवा निवासमा आउने क्रममा रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।