काठमाडौं- तीन दलीय बैठक बस्नका लागि जनता समाजवादी पार्टी (जसपा)का नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठ पुगेका छन्।
जसपाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ र अशोक राई बैठकका लागि पुगेका हुन्। बैठकमा जानुअघि जसपा नेताहरुले आन्तरिक छलफल गरेका थिए। छलफलमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पनि सहभागी थिए।
बैठकका लागि माओवादी केन्द्रका नेताहरु यसअघि नै पुगिसकेका छन्।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति देउवाले बैठकका लागि पहल गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली सरकारको विकल्प खोज्ने विषयमा तीन दलबीच छलफल हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।