पोखरा– मुस्ताङमा आज लेक लागेर एक भारतीय तीर्थालुको मृत्यु भएको छ।
मुक्तिनाथ दर्शनका लागि आएका भारत आन्ध्र प्रदेश एबि गुन्टुकका ४५ वर्षीय श्रीवाचनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मुक्तिनाथ मन्दिर परिसरमा लेक लागेर अचानक बेहोस भएका उनलाई तत्कालै जोमसोम अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।