काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सत्ता समीकरणबारे छलफल गर्न कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताको बैठक बोलाएका छन्।
बैठक शुक्रबार दिउँसो ३ बजे बूढानीलकण्ठस्थित देउवाको निवासमा बोलाइएको छ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्ता समीकरणबारे छलफल गर्न तीन दलको बैठक बोलाइएको नेपाल लाइभलाई बताए।
कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाटै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहलकदमी लिने निर्णय गरेको थियो। पछिल्लो समय प्रधानमन्त्री ओलीको विकल्प खोज्न गाम्भीर्य नदेखाएको भनेर देउवाको आलोचना हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।