पोखरा– प्रदेश नम्बर ४ प्रहरी कार्यालयमा कार्यरत एक प्रहरीको आइतबार करेन्ट लागेर मृत्यु भएको छ।
साँझ ५ बजेतिर करेन्ट लागेर प्रहरी कार्यालय सहयोगी महन्तु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
बिजुली मर्मत सम्बन्धी प्राविधिक फाँटमा कार्यरत चौधरीलाई मर्मतकै क्रममा करेन्ट लागेको प्रदेश ४ का प्रहरी प्रवक्ता वीरेन्द्रकुमार बस्यालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।