पोखरा– म्याग्दीको मंगला गाउँपालिका– १ कुहुँ स्थानमा ट्याक्टर पल्टिँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
कुहुँ भन्ने ठाउँमा रहेको दीपशिखा माध्यमिक विद्यालयका लागि बालुवा लिई जाँदै गरेको ना६त ३३२८ नम्बरको ट्याक्टर उकालो चढ्ने क्रममा अचानक ब्याक भएर सडकबाट करिब एक सय मिटर तल भीरमा खसेको प्रहरी बताएको छ।
ट्याक्टर पल्टिँदा सह–चालक म्याग्दी मंगला गाउँपालिका– १ पूर्णगाउँका २२ वर्षीय सुशील भण्डारीको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा सोही ठाउँ बस्ने १९ वर्षीय अस्मिता नेपाली र १४ वर्षीय सुस्मिता नेपाली घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल म्याग्दी पठाइएको छ। घटनापछि ट्याक्टरका चालक फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।