काठमाडौं- नेकपा एमालेकी सचेतक शान्ता चौधरीले अहिले विकासप्रेमीहरु खुसीले गदगद् भएको बताएकी छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै चौधरीले विकास विरोधीहरुको भने निद्रा हराएको बताइन्।
'विरोधका लागि विरोध गर्नेहरुको कोलाहल देखेर म छक्क पर्छु। सरकार विकास गर्छ जनतालाई हसाउँछ, खुसी दिन्छ,' चौधरीले भनिन्, 'तर विकास विरोधीहरुको आँखा रसाउँछ। अनि खुसी हराउँछ।'
के भनिन् चौधरीले?
विरोधका लागि विरोध गर्नेहरुको कोलाहल देखेर म छक्क पर्छु। सरकार विकास गर्छ जनतालाई हसाउँछ। खुसी दिन्छ। तर विकास विरोधीहरुकोहरुको आँखा रसाउँछ। अनि खुसी हराउँछ।
प्रधानमन्त्री देशव्यापी रुपमा जब जनलहर आउँछ, विरोधीहरुको निद्रा हराउँछ। विकासप्रेमीहरु अहिले खुसीले गदगद् छन्। सुन्दैछु नयाँ वर्षको प्रवेशसँगै देशले अमूल्य चिज उपहार पाउँदैछ।
गौमत बुद्ध विमानस्थल सम्पन्न भयो। धरहरा मुसुक्क मुस्कुरायो। कोही भन्दैछन्, जनता हाँस्दा म कसरी हाँसू? कठैबरा कसले होला पुछिदिने आँसु?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।