• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरीमा भद्रगोल सई बढुवाको गाँठो फुकाउने तयारी, आन्तरिक बढुवा ४० बाट ५० प्रतिशत पुर्‍याइँदै

64x64
नारायण अधिकारी बिहीबार, चैत २६, २०७७  ०७:०५
1140x725

काठमाडौं- नेपाल प्रहरीमा हुने नियमित बढुवाभित्र कहीँकतै सबैभन्दा ठूलो भद्रगोल छ भने त्यो प्रहरी नायव निरीक्षक (सई)बाट प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा हुने बढुवामा छ। भद्रगोल कतिसम्म भने कतिपय सई १९ वर्षदेखि बढुवा नभएर त्यही पदमा थन्किएका छन्। 

मुलुकको प्रमुख सुरक्षा संगठनभित्र महत्वपूर्ण मानिने पद, सईको बढुवामा भएको यो भद्रगोलले त्यहाँ कार्यरत सदस्यको मनोबल र मनोविज्ञान कस्तो होला भन्ने सहजै अनुमान गर्न सकिन्छ।

यसको एउटा मुख्य कारण प्रहरीमा सईभन्दा माथिल्लो पद, इन्स्पेक्टरमा बढुवाका लागि छुट्याइएको कोटा हो। इन्स्पेक्टरमा आवश्यक दर्बन्दीको ६० प्रतिशत खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिन्छ भने ४० प्रतिशत मात्र आन्तरिक बढुवा (सईको बढुवा) बाट पूर्ति गरिन्छ। यही समस्या सम्बोधन गर्न भन्दै सईलाई इन्सपेक्टरमा बढुवाका लागि राखिएको ४० प्रतिशत कोटालाई बढाएर ५० प्रतिशत पुर्‍याउने तयारी सुरु गरिएको छ। 

प्रहरी प्रधान कार्यालयले सईबाट इन्सपेक्टरमा हुने आन्तरिक बढुवा ४० बाट बढाएर ६० प्रतिशत पुर्‍याउनु पर्ने भन्दै गृह मन्त्रालयमा लिखित प्रस्ताव पठाएको थियो। गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयको त्यो प्रस्तावअनुसार ४० बाट बढाएर ५० प्रतिशतसम्म पुर्‍याउन सकिने भन्दै प्रक्रिया अघि बढाएको छ। गृह प्रवक्ता चक्रबहादुर बुढाले नेपाल लाइभसँग भने, ‘अहिले नै आन्तिरिक बढुवाको प्रतिशत ४० बाट ५० पुग्यो त नभनिहालौं। त्यसका लागि गृहकार्य सुरु गरिएको रुपमा मात्र यसलाई बुझ्नुपर्छ।’

यस्तो व्यवस्थासहित प्रहरी नियमावली संशोधन गर्ने प्रक्रिया अघि बढाइएको हो। प्रहरी प्रधान कार्यालयकै प्रस्ताव अनुसार प्रहरी नियमावली २०७१ संशोधनको तयारी सुरु गरिएको गृह स्रोतले जानकारी दिएको छ। गृह मन्त्रालयका अनुसार नियमावली संशोधनको मस्यौदा कानुन मन्त्रालयबाट समेत पास भएर अर्थ मन्त्रालय पुगिसकेको छ। अर्थ मन्त्रालयबाट स्वीकृत भएलगत्तै मस्यौदालाई मन्त्रिपरिषद्ले कानूनी रुप दिने छ। त्यसपछि सईबाट इन्स्पेक्टरमा बढुवा गर्ने तयारी प्रहरी प्रधान कार्यालयको छ।

प्रहरी प्रधान कार्यालयले सईबाट इन्स्पेक्टरमा बढुवा पेचिलो बन्ने गरेको, प्रतिस्पर्धी धेरै कोटा थोरै हुँदा समस्या आउने गरेको, यसले जुनियर प्रहरी अधिकृतको वृत्ति विकासमा समेत असर गरेकाले ४० प्रतिशत आन्तरिक बढुवालाई बढाएर ६० प्रतिशत पुर्‍याउनुपर्ने माग गरेको थियो। गृह मन्त्रालयले भने ५० प्रतिशत आन्तरिक बढुवा र ५० प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट पूर्ति गर्ने गरी काम थालेको छ।

नेपाल प्रहरीमा १०० जना इन्स्पेक्टरको दरबन्दी रिक्त भएको दुई महिना नाघिसके पनि रिक्त रहेका पदमा सईको बढुवा हुन सकेको छैन। इन्स्पेक्टरमा बढुवाका लागि दाबेदारको संख्या ठूलो छ। २०६३ सालमा सई भएकाहरुको संख्या मात्र प्रहरीमा ३१३ छ। बढुवाका लागि ३ सय भन्दा बढी प्रतिस्पर्धी हुनु तर, रिक्त पदमा बढुवा हुने संख्या ४० मात्रै भएपछि प्रहरी प्रधान कार्यालयले बढुवाको संख्या बढाउनुपर्ने भन्दै आफ्नो प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो। 

प्रहरी नियमावली २०७१ अनुसार प्रहरी निरीक्षकको पद पूर्तिमा ६० प्रतिशत खुला भर्ना र ४० प्रतिशत भने बढुवाबाट गर्नुपर्ने प्रावधान छ। सईबाट इन्स्पेक्टर बढुवाको जाम घटाउन भन्दै प्रहरी प्रधान कार्यालयले यस्तो प्रस्ताव ल्याएको थियो। त्यहीअनुसार गृहले आन्तिरिक बढुवामा ४० प्रतिशत रहेको व्यवस्थालाई बढाएर ५० प्रतिशत पुर्‍याउन लागेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

पहिल्यै रहेको ५० प्रतिशत किन हटाइयो?
प्रहरी नियमावली २०७१ आउनु भन्दा अघिसम्म इन्स्पेक्टरको पदपूर्ति ५० प्रतिशत आन्तरिक बढुवा र ५० प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट गरिने व्यवस्था थियो। तर, प्रहरी नियमावली २०७१ लागू भएपछि त्यो व्यवस्था हटाइयो। अनि खुला प्रतिस्पर्धा ६० प्रतिशत र आन्तरिक बढुवालाई ४० प्रतिशत राखियो। यो व्यवस्था लागू भएपछि सईमा लामो समयसम्म बढुवा नभएर बस्नुपर्ने बाध्यता आएको पूर्व प्रहरी उपरीक्षक (एसपी) गणेश रेग्मी बताउँछन्।

सईमा लामो समयसम्म बस्नुपर्ने बाध्यता हटाउन भन्दै जनार्दन शर्मा गृहमन्त्री भएका बेला यसबारे गृहकार्य पनि भएको थियो। २०७४ असार १३ गते तत्कालीन गृहमन्त्री शर्माले गृह प्रशासन सुधार मार्गचित्र २०७४, सार्वजनिक गरेका थिए। मार्गचित्रमा लामो समयसम्म एउटै दर्जामा रही कार्य गर्दा प्रहरी कर्मचारीमा नैराश्यता उत्पन्न भई कार्यसम्पादनमा असर पुग्ने गरेको देखिएकाले पदसोपानलाई पुनर्मूल्यांकन गर्दै सई र इन्सपेक्टरको बीचमा बरिष्ठ नायव निरीक्षक पद सिर्जना गरिने बताइएको थियो। मन्त्रीको मार्गचित्रमा समेटिएको उक्त बुँदा भने नारामा मात्रै सिमित भयो। 

रिक्त दरबन्दी थोरै र प्रतिस्पर्धी धेरै हुँदा सई बढुवामा हरेक पटकजसो शक्तिकेन्द्र र राजनीतिक चलखेल हाबी हुने गरेका छन्। गत जेठ २३ गते प्रहरी प्रधान कार्यालयले ७३ जना सईको इन्सपेक्टरमा बढुवा सूची निकाल्दा पनि राजनीतिक शक्तिकेन्द्रकै हालिमुहाली चलेको थियो। 

प्रहरी संगठनले व्यावसायिक र राम्रो काम गरेको भनेर पुरस्कृत गरेका सईसमेत बढुवामा छुटेका थिए। बरु संगठनले कारबाही गरेकादेखि जुनियर ब्याचका सई शक्तिकेन्द्रसम्मको पुहँचका आधारमा बढुवा भएका थिए।

त्यस्तो पहुँचकै भरमा २०५८, २०६०, २०६१ मा सई भएकाहरु समेतलाई उछिनेर त्यसबेला २०६२ मा सई भएका ८ जनालाई इन्स्पेक्टरमा बढुवा गरिएको थियो। जस्तो कि, २०६२ मा सई भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’का पिएसओ राजन तिमल्सिना, गृहसचिव महेश्वर न्यौपानेका पिएसओ महेश केसी आफूभन्दा सिनियरलाई उछिनेर बढुवा भए। लोकमानसिंह कार्कीका पूर्वपिएसओ उत्तमसिंह भण्डारी पनि त्यसबेला आफूभन्दा सिनियरलाई उछिनेर इन्स्पेक्टर बनेका थिए।  

उनीहरुसँगै २०६२ मा सई भएका टोपेन्द्र श्रेष्ठ, बवीन्द्र नेम्वाङ र टंकबहादुर श्रेष्ठ पनि शक्तिकेन्द्रसम्मको पहुँचकै कारण इन्स्पेक्टर बने। 

प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ प्रहरीका अनुसार बिहीबार करिब ५ बजे ब्रम्हनगरस्थित शाहको किराना पसलमा उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रु... बिहीबार, भदौ २५, २०८३
१८ हजार बढी ट्रामाडोल बसको छतमा राखेर चितवन जाँदै गरेका युवक समातिए चेकिङका क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकेर जाँच गर्दा बसको हुड र्‍याकमा राखिएका दुईवटा... बुधबार, भदौ २४, २०८३
१६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले करिब १६२ किलो ७९४ ग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्