काठमाडाैं–नेकपा एमाले माधव नेपाल–झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा समानान्तर कमिटी गठन गर्ने भएको छ।
जिल्ला कमिटीमा समानान्तर कमिटी गठन गर्ने कार्यलाई तिव्रता दिएको नेपाल–खनाल पक्षले चैत ३१ मा ओलीको गृह जिल्लामा कमिटी गठन गर्ने भएको हो।
अर्घाखाँचीबाट सुरु भएको समानान्तर जिल्ला कमिटी गठन जारी रहेको छ। गण्डकी प्रदेशका अधिकांंश जिल्लामा उक्त समूहले समानान्तर कमिटी बनाइसकेको छ।
नेपाल–खनाल पक्षले सुदूरपश्चिम प्रदेशमा पनि आजै कमिटी गठन गर्दै छ।
अन्य जिल्लामा पनि कमिटी धमाधम बनिरहेको नेता नेपालले राजधानीमा भएको एक कार्यक्रममा जानकारी दिए।
माधव पक्षले जनवर्गीय संगठनमा पनि समानान्तर कमिटी गठन गरिसकेको छ। कमिटी गठनले उर्जा थपेको नेपालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।