काठमाडाैं–नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले समानान्तर कमिटी घोषणालाई तीव्रता दिने क्रममा मंगलवार बागमती प्रदेश कमिटी घोषणा गर्ने तयारी गरेको छ।
केही दिनअघि काठमाडौको कमिटी घोषणा गरेको थियो। वडा तहसम्मै समानान्तर कमिटी बनाउने उद्घोष गरेको खनाल–नेपाल समूहले ११ वजे कलंकीस्थित सिद्धिगणेश पार्टी प्यालेसवाट वागमती प्रदेशमा समानान्तर कमिटी घोषाणा गर्ने लागेको हो।
माधव नेपाल पक्ष नेता अष्टलक्ष्मी शाक्यका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा अघि बढेकाले आफूहरु संगठित हुँदै जानका लागि कमिटी घोषणा गर्न लागिएको हो। आजै नवगठित कमिटीको सपथ ग्रहण गरेर बैठक बस्ने तयारी खनाल–नेपाल समूहले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।