काठमाडौं- आफ्नै आमालाई हेरचाह नगरेको आरोपमा नेपाल राष्ट्र बैंकमा कार्यरत एक महिला पक्राउ परेकी छिन्। राष्ट्र बैंकको केन्द्रीय कार्यालयकी निर्देशक सुष्मा रिजाल रेग्मीलाई प्रहरीले आइतबार दरबारमार्गबाट पक्राउ गरेको हो।
तीन करोड रुपैयाँ र अन्य अचल सम्पत्तिसमेत लिएर आमालाई हेरचाह नगरेको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले नेपाललाइभलाई जानकारी दिए। उनीविरुद्ध आफ्नै आमाले ज्येष्ठ नागरिक ऐनअन्तर्गतको कसुरमा जाहेरी दिएकी थिइन्। नगद तीन करोड रुपैयाँसहित अन्य सम्पत्तिसमेत लिएर हेरचाह नगरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।
ज्येष्ठ नागरिक ऐनअन्तर्गतको कसुरमा उनीविरुद्ध दुई दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको एसएसपी सिंहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।