काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिने भएको छ।
चिकित्सकको सल्लाहअनुसार उनलाई आज थाइल्याण्डको ब्रुमग्राड अस्पताल लैजान लागिएको मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए। आज दिउँसो १ः३० बजे थाई एयरको जहाजबाट मन्त्री यादव त्यसतर्फ जाँदै छन्।
लामो समयदेखि छालाको संक्रमण, टाउकाको समस्या तथा कम्मरमुनिको भाग नचल्ने भएपछि मन्त्री यादवको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिन पहिले उनलाई भेटी सम्भव भएसम्म स्वदेश र नभए विदेशमा उपचारको प्रबन्ध गरिने बताएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।