विराटनगर– इलामको चुलाचुली गाँउपालिका–५ स्थित रतुवा खोलाबाट शनिबार प्रहरीले अवैध काठ लोड गरेको ट्रिपर नियन्त्रणमा लिएको छ।
काठ चोरी निकासी भइरहेको गोप्य सुचनाका आधारमा खटिएको प्रहरीले ना४प ७८३ नम्बरको टिपर र चालक मोरङ्गको उर्लावारी नगरपालिका–३ का पदम ढुङ्गानालाई नियन्त्रणमा लिएको हो।
काठसहितको टिपर र चालकलाई अनुसन्धानका लागि प्रहरी चौकी पेल्टिमारीमा राखिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।