• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ४, २०८२ Fri, Dec 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सरकारले नागरिक अधिकार खोस्दा रोक्ने अदालतले नै हो 

​​​​​​​आनन्दमोहन भट्टराई   शनिबार, चैत २१, २०७७  १६:१४
1140x725

म सर्वोच्च अदालतमा संवैधानिक इजलासको रोष्टरमा छु। तर, अहिलेसम्म इजलासको अनुभव सम्हाल्ने सौभाग्य पाएको छैन। अहिले संविधान सभाबाट बनेको संविधान स्वाहा भयो कि भन्ने बहस चलिरहेको छ। सायद यो बहस मैले भाग लिनका लागि होइन। किनभने संविधानप्रति मेरो सम्मान छ। यो युग-युगसम्म रहनुपर्छ। 

कुनै पनि संविधान आफैंमा पूर्ण हुँदैन। यो हाम्रो मात्र होइन, विश्वकै अनुभव हो। संविधान लेखनका समयमा लाग्नुभएका संविधान सभाका सदस्यहरूले आफूसँग भएको ज्ञान भरपुर उपयोग गरेर यो संविधान लेख्नु भएको छ। तर, यसरी लेखिएको संविधानमा पनि केही ‘ग्याप’ रहेका छन्। यसलाई व्याख्या वा संशोधनको माध्यमबाट सुधार गर्दै जाने हो। किनभने यो संविधान पुस्तौंदेखिको बलिदानीले बनेको हो। यसमा ती शहीदहरूको बलिदान पनि प्रतिबिम्बित भएको छ। त्यसकारण यो संविधान मैले बनाएको हो, तर मलाई यसले बनाएको हो र! भन्ने मानसिकता छ भने त्यसले संविधानवादलाई सघाउ पुर्‍याउँदैन।

संविधान अपडेट कसले गर्ने? 
सर्वोच्च अदालतबाट हामीले एउटा आदेश गरेका थियौं। त्यहीबेला कसैले भन्यो- यो संविधान पढ्ने समय हैन। गजब लाग्छ, यो के फुर्सदमा मात्र पढ्ने कुरा हो र?  संविधान त जतिखेर पनि पढिन्छ। यो त मेरो 'हाइएस्ट' चार्टर हो। हामी न्यायाधीश र कानुन व्यवसायीले त्यहीरूपमा लिनुपर्छ। त्यसकारण फुर्सदमा पढ्ने भनेजस्तो अवस्था नआओस् भन्ने मलाई लागेको छ।

रह्यो संविधान व्याख्याको कुरा। संविधानले सर्वोच्च अदालतलाई यसको अन्तिम व्याख्या गर्ने अधिकार दिएको छ। अन्तिम शब्द छ त्यहाँ। यसको अर्थ मैले के बुझेको छु भने हामीले मात्र व्याख्या गर्ने होइन। हामीले अरुको व्याख्यालाई सम्मानसाथ हेर्छौं। ‘ओपन माइन्डेड’ भएर हेर्छौं र ठीक छ भने ठीक छ भन्छौं, छैन भने छैन भन्छौं। हाम्रो धर्म पनि यही हो। अब अन्तिम व्याख्याताको जिम्मेवारी कसरी निर्वाह गर्ने भन्ने कुरा मात्र हो। 

यो अहिले प्रश्नको रुपमा छ। संविधानले यसबारे भनेको छैन। संविधानले यसरी व्याख्या गर भनेर कमै मात्र भन्छ। २०४७ सालको संविधानमा यसबारे भनिएको थियो, अहिले त्यो पनि हटेको छ। अहिले संविधानको व्याख्या कसरी गर्ने भन्नेमा ऊर्जा खर्च गर्नुपर्ने देखिन्छ। ‘जज मेड ल’ भन्ने धारणा छ, तर यसमा पनि आ-आफ्नै तर्क आउने गरेका छन्। मलाई लाग्छ, हामीले अहिले भन्दा अलि फड्को मार्न जरुरी छ।

म दक्षिण एशियाको अवस्थालाई हेरेर लेखिएको किताब ‘अनस्टेबल कन्स्टिच्युसनलिज्म’ सम्झिरहेको छु। मार्क तुस्नेट र माधव खोस्लाले लेखेको यो किताबमा नेपाल, भारत लगायतका देशको राजनीतिक र संविधानका कुरा उल्लेख छन्। हामी संविधानबाट कसरी स्थिरतामा जान्छौं भन्ने हो। यसमा दुईवटा स्कुल अफ थट देखिन्छन्। सन् १९९० मा एउटा थियो, अहिले ‘ट्रान्स्फर्मेटिभ स्कुल अफ थट’ आएको छ। दक्षिण अफ्रिकाको संविधानलाई लिएर यो अवधारणा विकास भएको हो। 

हाम्रो संविधानमा अग्रगमनका धेरै कुरा छन्। कैयौं नयाँ बेञ्चमार्क छन्। यो संविधान मात्र संविधानका लागि बनेको होइन, सार्वभौम जनताका लागि अनि विकास र समृद्धिका लागि बनेको हो। संविधानको बेञ्चमार्क हेर्दा समाजलाई कसरी अग्रगमनमा रुपान्तरण गर्न सक्छौं भन्ने सोचाई राखिनुपर्छ। न्यायाधीश र कानुन व्यवसायीहरूले यही रूपमा हेर्नुपर्छ। हामी यसमा कसरी काम गर्छाैं आजको सवाल यो पनि हो। 

२०५२ सालमा मनमोहन अधिकारीले सिफारिस गरेको संसद विघटनको मुद्दामा विश्वनाथ उपाध्यायले गरेको फैसला म अहिले पनि सम्झन्छु। बहुमत र अल्पमतको कुरा गज्जबसँग यो फैसलामा उल्लेख छ र अन्तरार्राष्ट्रिय व्याख्या पनि गरिएको छ। त्यसमा विश्वनाथ उपाध्यायको बहुमतको स्कुलको व्याख्या ‘नर्मेनिभ्स’ छ भने त्रिलोकप्रताप राणाको अल्पमतको व्याख्या ‘लिगालिस्ट’ छ। लिगालिस्ट स्कुल त्यसबेलाको बेलायती व्यवस्था हो जुन अहिले उनीहरूले छाडिसकेका छन्। सन् ९० को दशकपछि अष्ट्रेलियाले मात्र यसलाई ‘फलो’ गरेको छ। क्यानडाले १९८२ बाट नै यसलाई छाडेर नर्मेनिभ्समा गएको छ। हामी पनि जाने नर्मेनिभ्सतिरै हो जस्तो लाग्छ। अबको विश्वको संवैधानिक बाटो पनि त्यही नै देखिन्छ। 

Ncell 2
Ncell 2

म चाहिँ संवैधानिक इजलास भन्दिनँ, संवैधानिक अदालत हो। सर्वोच्च अदालत नै अहिलेको संवैधानिक अदालत हो। यस हिसाबले हेर्दा एकलदेखि पूर्ण इजलाससम्मले गर्ने फैसला संवैधानिक हुन्छ, हरेक बेञ्च संवैधानिक इजलास हुन्छ। केही विशेष केसहरू हेर्ने मात्र संवैधानिक इजलास हो। हामी यसमा प्रष्ट भएनौं भने हामीले धेरै चिज बिग्रिन सक्छन्। संवैधानिक व्याख्यामार्फत् संविधान अपडेट गर्ने कुरा हाम्रो रहर होइन। यो काम संसदले गर्ने हो। सांसदहरूले गरिदिनुस्, हामी खुशी हुन्छौं। तर, गरिदिनु भएन भने हामीमा त्यो दायित्व आइलाग्छ। न्यायाधीश र कानुन व्यवसायी त यसमा खुशी नै हुन्छौं। 

संविधानको दुरुपयोग हुँदा
सरकारले संविधान उल्लंघन गर्‍यो वा संविधानले दिएका अधिकार दुरुपयोग गर्‍यो भने कसले हेर्ने? त्यो त हामीले अर्थात् अदालतले नै हेर्नुपर्छ। हामी त्यहीकारण नै अभिभावक भएका होइनौं र? हामी हाम्रो लागि अभिभावक भएका होइनौं, संविधानलाई गति दिन भएका हौं। संवैधानिक व्याख्या न्यायाधीशहरूको बाध्यता हो। कार्यकारीको शक्तिको दुरुपयोगको कुरा गर्दा अदालतबाट भएका कैयौं फैसलाले रोक्ने काम  भएको छ। 

संविधान सभाको पहिलो कार्यकालमा अवधि तोक्ने फैसलाले नै यही व्याख्या गरेको थियो। हाम्रो संविधानले अदालतलाई अधिकारको मुद्दा हेर्ने जिम्मा दिएका कारण पछिल्लो समय सत्ताको चंगुलबाट कसरी जनता मुक्त गर्ने भन्ने व्याख्या धेरै मुद्दामा भएका छन्। यसरी हेर्दा संविधानको व्याख्या जनताको आँखाबाट गरिनु मुख्य सवाल हो। यसमा मानव अधिकारका धेरै 'टुल्सहरू'ले सहजता दिएका छन्। दायित्वविहीन राज्यबाट पूर्णरुपमा जिम्मेवार राज्यमा लैजान मानव अधिकारका टुल्सहरूले मद्दत गर्छन्। 

अहिले अरु धेरै कुरा आएका छन्। जुन लक्ष्यतर्फ संविधान गएको छ, त्यसबाट अलग गराउने अवस्थामा काम भइरहेमा भने संविधानको व्याख्यामार्फत् यसलाई रोक्नै पर्छ। उक्त कार्य गर्ने नै अदालतले हो। यसो भनिरहँदा म अर्मत्य सेनको ‘थ्योरी अफ जस्टिस’ सम्झिरहेको छु। कानुन र संस्थाहरूमात्र खडा गरेर हुँदैन, नागरिकलाई राइट टु रियलाइज गरेर अधिकार दिनुपर्छ। म धेरै मानिससँग असहमत हुन सक्छु, त्यसका लागि म माफी चाहन्छु। तर, म संविधानको अधिकार हेरेर रमाउँछु। किनभने यहीँ नै स्वतन्त्रताको सम्भाव्यता हुन्छ। सार्वभौम व्यक्तिको स्वतन्त्रताको सम्भाव्यत्ता कहीँ छ भने त्यही अधिकारमा छ। न्यायको सम्भाव्यता कहीँ छ भने त्यही अधिकारमा छ। राज्यको दायित्व र जिम्मेवारी कहीँ आउँछ भने त्यहीँ आउँछ। 

हामी यसरी अघि बढ्यौं भने समथर क्षेत्र फेला पार्छौं, यही नै हामीले यात्रा गर्ने बाटो हो। साउथ एशिया र नेपाललाई स्थिर संविधान भएको देशका रूपमा लैजाने बाटो पनि यही हो। संविधानप्रति पूर्ण सर्मपण गर्ने आदत सबैमा परोस्, सबैमा यही शुभकामना! 

(नेपाल कानुन समाजद्वारा काठमाडौंमा आयोजित संवैधानिक अदालत सम्बन्धी छलफलमा न्यायाधीश भट्टराईले व्यक्त गरेको विचारको सम्पादित अंश।)

प्रकाशित मिति: शनिबार, चैत २१, २०७७  १६:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म
एमालेमा गुट सकियो: केपी ओली
सम्बन्धित सामग्री
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? एक नयाँ अनुसन्धानले देखाएको छ कि यो मजाक कठिन परिस्थितिमा बाँचिरहेका धेरै महिलाहरूका लागि वास्तविकतासँग काफ़ी मिल्दोजुल्दो हुन सक्छ। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए शुक्रबार, पुस ४, २०८२
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म शुक्रबार, पुस ४, २०८२
एमालेमा गुट सकियो: केपी ओली शुक्रबार, पुस ४, २०८२
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरू शुक्रबार, पुस ४, २०८२
भरतपुरबाट गाडीमा भैरहवा हिँडे लामिछाने शुक्रबार, पुस ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
एमालेको केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म कसले कति भोट ल्याएर जिते ? (सूचीसहित) बिहीबार, पुस ३, २०८२
ओलीले ३३३ मत ल्याउँदा पोखरेलले ११० मत पाए बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्