विराटनगर– मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट प्रहरीले शनिबार साँझ अवैध चाँदीका गहनासहित २ जनालाई नियन्त्रणमा लिएको छ।
भन्सार छलेर भारतबाट नेपाल भित्र्याइएको औँठी, पाउजु, रिङ्ग र टुक्रा चाँदीसहित जहदा गाउँपालिकाका २४ वर्षीय चन्दन साह र कटहरी गाउँपालिका–४ का पिन्टु साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दुवैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्याय रानीमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।