तुलसीपुर– दाङको राप्ती गाउँपालिका–२ को लालमटियामा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१ख ९५०६ नम्बरको ट्रकको ठक्करबाट आज बिहान एक बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा प्यूठानको सरुमारानी गाउँपालिका–२ दर्भान निवासी आठ वर्षीय गौतम बुढाथोकी रहेका छन्। सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो।
बालक बुढाथोकी आदर्श नमूना माध्यामिक विद्यालय लालमटियामा कक्षा ४ मा अध्ययनरत थिए।
ठक्कर दिने गाडी र चालकलाई भालुवाङ प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी शनिबार राप्ती नदीमा डुबेर राप्ती गाउँपालिका–१ को पुल्चोकका आठ वर्षीय बालक प्रदीप रोकाको मृत्यु भएको छ।
आमासँग नदीमा लुगा धुन पुगेका बालक रोकाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।
दिउँसो डुबेका रोकाको शव बेलुका प्रहरी र स्थानीयवासीको सक्रियतामा फेला पारिएको थियो। शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।