काठमाडौं–जापानले डिजिटल स्वास्थ्य प्रमाणपत्र जारी गर्ने तयारी गरेको छ।
कोरोना भाइरस विरोधी खोप लगाएका नागरिकलाई विदेशयात्रा अनुमति दिन यस्तो कार्ड जारी गर्न लागिएको बताइएको छ।
सीमापार यात्रा खुलाउन चीन र यूरोपेली संघ (ईयू)को पहलमा साथ दिँदै कार्ड जारी गर्न लागिएको निक्केइको समाचारमा उल्लेख छ।
अन्तर्राष्ट्रिय मापदन्डअनुरूप जारी गरिने प्रमाणपत्र मोइबाल एपबाट व्यवस्थापन गरिने समाचारमा उल्लेख छ।
यो कार्ड विमानमा यात्रा गर्दा, होटलमा चेक इन गर्दा आदि अवस्थामा व्यक्तिले खोप लगाएको प्रमाणको रूपमा पेश गर्न सक्नेछन् ।
एप जापानमा बसोबास गरिरहेका अनि आ–आफ्नो गृहदेशमा फर्किरहेका विदेशी नागरिकका लागि लक्षित भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।