• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २५, २०८२ Sat, Oct 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

चितवनमा बर्डफ्लु प्रभावित क्षेत्रका किसानले कुखुरा मार्न दिएनन्, ठूला फार्म जोगाएको आरोप

64x64
नेपाल लाइभ शनिबार, जेठ ५, २०७५  १०:२०
1140x725

चितवन- कुखुरामा बर्डफ्लु प्रमाणित भएपछि संकटग्रस्त क्षेत्रमा कुखुरा मार्न गएका प्राविधिक टोलीलाई किसानले रोकेका छन्। 

पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ९ सुर्तनीका दुई फार्ममा बर्डफ्लु प्रमाणित भएपछि त्यस क्षेत्रमा टोली घरपालुवा पक्षी मार्न पुगेका थिए। 

जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा चेतनारायण खरेलका अनुसार केन्द्रबाट आएको प्राविधिक टोलीले बर्डफ्लु प्रमाणित भएका खोरबाट उत्तरमा राजमार्ग, दक्षिणमा पुरानो राजमार्ग, पूर्वमा सुर्तनीको कच्ची बाटो र पश्चिममा पर्सा बजारसम्मको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। 

संकटग्रस्त क्षेत्रमा पर्ने धीरज श्रेष्ठ र सुरेश रिजालका दुई खोरका कुखुरा मार्ने क्रममा किसानले रोकेका हुन्। प्रमुख डा खरेलका अनुसार नौ हजार लेयर्स कुखुरा रहेको श्रेष्ठको फार्मको तीन हजार पाँच सय र चार हजार चार सय कुखुरा रहेको रिजालको खोरको एक हजार कुखुरा मारेपछि उनीहरुले थप कुखुरा मार्न दिएका छैनन्। 

किसानले प्राविधिक टोलीले निर्धारण गरेको संकटग्रस्त क्षेत्र पूर्वाग्रही भएको भन्दै रोकेको जनाएका छन्। उनीहरुले नजिकै रहेका ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मार्न थालेको भन्दै त्यसको विरोध गरेका हुन्। 

पूर्वी चितवन कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष एवं नेपाल अण्डा उत्पादक संघका केन्द्रीय उपाध्यक्ष रघुनाथ भट्टले प्राविधिक टोलीले निर्धारण गरेको क्षेत्रमध्ये एकातर्फ तीन किलोमिटरसम्म टाढा रहेको र अर्कोतर्फ २ सय मिटरसम्म मात्रै रहेको कारण किसान असन्तुष्ट भएको बताए। 

हाल कुखुरा मार्दै गरेको फार्म एक किलोमिटर ३ सय मिटर टाढा रहेको भन्दै प्राविधिक टोलीले ठूला फार्मलाई जोगाएर क्षेत्र निर्धारण गरेको किसानको गुनासो रहेको उनले बताए। 

क्षेत्र हेर्ने क्रममा स्थानीय किसानलाई सहभागिता नगराएकाले पनि समस्या भएको भट्टको भनाइ छ। उनले किसान र सरकारी टोली बसेर समस्याको समाधान खोजिने बताए। 

Ncell 2
Ncell 2

मारिएका कुखुराको मूल्यांकन गरेर पठाएको क्षति रकममध्ये ७५ प्रतिशत मात्रै क्षतिपूर्ति किसानले पाउने व्यवस्था छ। त्यसका लागि पनि समय लाग्ने र झन्झटिलो हुने हुँदा जोखिम नभए किन कुखुरा मार्ने भन्ने पक्षमा किसान देखिएका छन्। 

प्राविधिक टोलीले सोही क्षेत्रमा शुक्रबार स्थानीय जातका कुखुरा र हाँस गरी १ सय ५० वटा मारेको थियो। कुखुराको सुली पनि सुरक्षितरुपमा व्यवस्थापन गरिएको थियो। 

प्रमुख डा खरेलले बर्डफ्लु नियन्त्रण आदेश २०६४ ले पहिले बर्डफ्लु देखिएको क्षेत्रबाट तीन किमी उल्लेख गरेको भए पनि जोखिम विश्लेषण गरेर चार किल्ला तोक्न सकिने बताए। सो प्रतिवेदनलाई मन्त्रिस्तरीय निर्णय गरेपछि घरपालुवा पक्षी मार्ने गरिन्छ। 

सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लू प्रमाणित भएको हो। राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईंले केही दिनअघि परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएकामा बैसाख ३१ गते बर्डफ्लु प्रमाणित भएको बताए। 

बिहीबारको मन्त्रीस्तरको निर्णयपछि शुक्रबार फार्म र आसपासका क्षेत्रमा रहेका कुखुरा र हाँस मार्ने काम सुरु गरिएको थियो। 

राजनको फार्ममा पालिएका एक हजार ५ सय र लक्ष्मणको फार्ममा पालिएका एक हजार लेयर्स कुखुरा रोगले मर्न थालेपछि परीक्षणका लागि पठाइएको थियो। सँगै रहेका ती दुवै फार्मका सबै कुखुरा मरिसकेका छन्। 

नेपालको सीमाक्षेत्र भारतमा यस वर्ष पनि बर्डफ्लु देखा परेपछि नेपालमा उच्च सतर्कता अपनाइए पनि यहाँ बर्डफ्लु देखिएको हो। 

कुखुराजन्य क्षेत्रमा नेपालमा रु ७० अर्ब भन्दा बढी लगानी रहेको छ। जसमध्ये आधाभन्दा बढी लगानी चितवनमा छ। यसअघि २०७० सालमा जिल्लामा बर्डफ्लु देखिएको थियो। (रासस)

प्रकाशित मिति: शनिबार, जेठ ५, २०७५  १०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परिवर्तन आत्मसात गरी चुनावमा जान दलका नेतालाई प्रधानमन्त्रीको आग्रह
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो
टी–२० विश्वकप छनोट : जापानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल
सम्बन्धित सामग्री
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ आजभन्दा लगभग चार दशकअगाडिको परिवेश चित्रण गरिएको प्रेमभावनायुक्त उपन्यास हो ‘देवयानी’ । एक विवाहित पुरुषले कुमारी युवतीसँग कायम गरेक... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
परिवर्तन आत्मसात गरी चुनावमा जान दलका नेतालाई प्रधानमन्त्रीको आग्रह शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल शुक्रबार, असोज २४, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
सप्तरीमा आगलागी हुँदा ७ घर जले, एक जना घाइते शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ बिहीबार, असोज २३, २०८२
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्