बागलुङ- बागलुङको बडीगाड गाउँपालिका-१० बल्देधुरीमा दुई जनाको शव फेला परेको छ। निसिखोला गाउँपालिका-७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको शव भेटिएको परेको हो।
होली खेल्ने क्रममा झडप हुँदा उनीहरूले ज्यान गुमाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
उनीहरूको शव सडकभन्दा ५ सय मिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी इकवाल हवारीले बताए।
घटनास्थलमा प्रहरी पुगिसकेको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी हवारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।