काठमाडौं– भुटानको राजधानी थिम्पुमा बुधबार सम्पन्न साफ यू–१८ च्याम्पियनसिपको उपाधि नेपालले जित्यो। दोस्रो पटक उपाधि जित्ने क्रममा नेपालले अन्तिम खेलमा भारतलाई २–० ले हरायो। चाङलिमिथाङ रंगशालामा भएको निर्णायक खेलमा नेपाललाई च्याम्पियन बनाउन दिनेश हेन्जनले २ गोल गरेका थिए।
पहिलो खेलमा भुटानसँग पराजित भएको नेपालले त्यसपछिका ३ खेलमा लगातार जित निकालेर उपाधि रक्षा गरेको हो। पाँच टिमबीच राउन्ड रोबिनको आधारमा भएको च्याम्पियनसिपमा नेपालले हेड टु हेडमा बंगलादेशलाई पछि पारेर ट्रफी उच्लायो। जितपछि नेपाली टिमले चाङलिमिथाङ रंगशालामा मनाएको उत्सव तस्बिरमा हेर्नहोस् :-





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।