• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सशस्त्रका एसपी पौडेलमाथि अख्तियार र हेडक्‍वार्टर दुवैले अघि बढाए छानबिन

व्यापारीबाट रकम असुलेको सूची अख्तियारमा
64x64
नारायण अधिकारी आइतबार, चैत १५, २०७७  १४:४६
1140x725

काठमाडौं- सशस्त्र प्रहरी बलको नम्बर ४ गण सुनसरीका एसपी माधव पौडेलविरुद्ध अख्तियार दुरुयोग अनुसन्धान आयोग र सशस्त्र प्रहरी हेडक्‍वार्टरले एकसाथ अनुसन्धान अघि बढाएका छन्।

पदीय दुरुपयोग गर्दै तस्कर र व्यापारीहरुबाट रकम असुल गरेको भन्‍ने उजुरी अख्तियार र हेडक्‍वार्टरमा परेपछि एसपी पौडेलविरुद्ध अनुसन्धान अघि बढेको हो।

सीमा नाकामा हुने तस्करीमा मिलेमतो गरी रकम असुल गर्ने गरेको उजुरी आएपछि अनुसन्धान अघि बढाइएको अख्तियार स्रोतले नेपाललाइभलाई जानकारी दियो। ‘एसपी पौडेलले सादा पोसाकमा सशस्त्र प्रहरी परिचालन गरी रकम असुल्ने गरेको भन्दै व्यापारीहरुबाट रकम असुल गरेको सूचीसहित उजुरी परेपछि अनुसन्धान अघि बढाइएको हो,’ अख्तियार स्रोतले भन्यो।

एसपी पौडेलले सुनसरीमा कार्यरत सशस्त्र प्रहरी हवल्दार सचनकुमार चौधरी र सशस्त्र प्रहरी सहायक हवल्दार भाष्कर दर्लामी मगरलाई सादा पोसाकमा खटाएर रकम असुल गरेको भन्दै उजुरी परेको थियो।

उजुरीमा रकम असुलीको विवरणसमेत उल्लेख गरिएको छ। उजुरीमा उल्लेख भएअनुसार कप्तानगञ्‍जका खिला यादवबाट दुई लाख, पोकिनी ग्रुप अमडुवाबाट ८० हजार, लौकहीका व्यापारी राम पुरीबाट ७० हजार रुपैयाँ असुलेको विवरण अख्तियारमा छ।

nimb
nimb
Ncell 2
Ncell 2

त्यसैगरी उल्टी नाका, घुस्कीबाट पनि रकम असुल्ने गरेको उजुरीमा उल्लेख छ। लौकहीका विद्यानन्द साहबाट एक लाख, श्रीपुरका रमेश थापाबाट तीन लाख रुपैयाँ असुल गरेको विवरणसहित उजुरी परेको हो।

भुटाहाका प्रमोद मेहताबाट ८० हजार, अमरुवाका व्यापारी दीलिप सहनीबाट ८० हजार, अमरुवाकै वनोद मेहताबाट ७० हजार, भुटाहाका भोला गुप्ताबाट ५० हजार, लौकहीका दुर्गा यादवबाट एक लाख ५० हजार रुपैयाँ असुल गरेको भन्दै उजुरी परेको छ। 

उक्त उजुरीमाथि सशस्त्र हेडक्‍वार्टरले समेत अनुसन्धान गरिरहेको छ। सीमा सुरक्षा र सीमा नाकाबाट हुने तस्करीलगायतका अपराध रोक्ने मुख्य जिम्मेवारी पाएको सशस्त्रका एसपी नै रकम असुलीमा संलग्‍न भएको आरोप लागेपछि प्रहरी हेडक्‍वार्टरले समेत तीव्र रुपमा छानबिन अघि बढाएको छ।

एसपी पौडेलमाथि व्यापक गुनासो र उजुरी आएपछि हेडक्‍वार्टरसमेत एसपी पौडेललाई जिम्मेवारीबाट हटाउने तयारी गरेको स्रोत बताउँछ। यसअघि डिएसपी हुँदासमेत कमाण्ड कन्ट्रोलमा कमजोर देखिएको भन्दै हेडक्‍वार्टरले पौडेललाई तानेको थियो। एसपी पौडेल स्टाफ कलेज पास गरेका अधिकृत हुन्। सशस्त्रमा स्टाफ कलेज पास गर्ने अधिकृतलाई अब्बल मानिँदै आएको छ। तर, कतिपय अधिकृतको फिल्ड कमाण्ड फितलो भएको भन्दै अवधि नपुगी जिम्मेवारी हेरफेर भएका छन्।

भारतसँग ६१.९ किलोमटर सीमा जोडिएको सुनसरीमा सशस्त्रका एक दर्जन बोर्डर आउट पोस्ट (बिओपी) छन्। विभिन्‍न ५१ वटा नाकाबाट मान्छेहरुको आउजाउ हुने गरेको छ। उक्त नाकाहरुबाट भन्सार छलेर अवैध मालसान भित्रने/बाहिरिने गरेकाले तस्करहरुको सेटिङमा प्रहरीले आँखा चिम्लिँदा राम्रो आम्दानी हुने गरेकाले सशस्त्रका अधिकृतको रोजाइमा सुनसरीलगायत भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरु पर्ने गरेका छन्। तराईका जिल्लाको कमाण्ड सम्हाल्न शक्तिकेन्द्रमार्फत दबाबसमेत दिने गरिन्छ।

यसअघि पनि आर्थिक अनियमिततामा मिलेमतो गरेको आरोप लागेका प्रहरी अधिकारीहरूलाई हेडक्‍वार्टरले कारबाही गरेको थियो।सशस्त्र प्रहरी ऐन, नियमावलीविपरीत काम गर्न कसैलाई छुट नभएकाले आचरणविपरीत काम गरेको पाइएमा जो कोहीलाई कारबाहीको दायरामा ल्याइने सशस्त्रका प्रवक्ता तथा डिआइजी राजु अर्याल बताउँछन्।

प्रकाशित मिति: आइतबार, चैत १५, २०७७  १४:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
आकाशे पुलको प्रयोग गर्न अनुरोध गर्दा बानेश्वरमा महिला प्रहरीमाथि हातपात मंगलबार, भदौ ९, २०८३
दलभित्र विश्वास गुमाउने अनि अदालत जाने शैलीले कांग्रेसलाई न्याय गर्दैन : प्रवक्ता चालिसेको कटाक्ष मंगलबार, भदौ ९, २०८३
प्रधानमन्त्री बालेनलाई संसद्मा ११ सांसदले सोध्दैछन् प्रश्न, रास्वपाले कोटा नै घटायो मंगलबार, भदौ ९, २०८३
सेरिब्रल पाल्सी पीडित बालबालिकाको सहयोगार्थ नर्सिङ एसोसिएसन यूकेको च्यारिटी मंगलबार, भदौ ९, २०८३
१५औँ महाधिवेशन रोक्न देउवा पक्ष सर्वोच्चमा, भदौ ११ मा सुनुवाइ मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्