काठमाडौं–नेकपा एमालेका माधव नेपालपक्षीय नेता योगेश भट्टराईले आफूसमान वा माथिल्लो तहका सँग वादविवाद गर्दा मात्र फाइदा हुने बताएका छन्।
नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच जुहारी चलिरहेका बेला उनले सामाजिक सञ्जालमार्फत आफू समानका वा ठूलासँग बहस गर्दा मात्र फायदा हुने बताएका हुन्।
आफूभन्दा जान्नेसुन्नेसँग बहस गर्दा केही सिक्न पाइने तर आफूभन्दा कनिष्ठसँग गर्दा समय र मानसिकता मात्र बर्बाद हुने उनको भनाइ छ।
‘वादविविवाद पनि आफूसमान वा आफूभन्दा सिनियर र जान्नेसुन्नेसँग गरियो भने फाइदा हुन्छ किनकि आफूले केही सिक्ने मौका पाइन्छ,’ नेता भट्टराईले शनिबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘बेकारका सँग त समयको बर्बाद र दिमाग खराब मात्र हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।