• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नागरिकको प्रश्न नेतालाई- ओली किन अझै प्रधानमन्त्री?
64x64
किशोर दहाल शनिबार, चैत १४, २०७७  २१:५६
1140x725

काठमाडौं- 'पुनःस्थापित भएपछि संसद्ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कठालो समातेर निकाल्छ भन्ने हाम्रो अपेक्षा थियो। तर आज पनि प्रधानमन्त्री को छ भन्दा उनकै नाम लिन हामी बाध्य छौं। यत्रो ठूलो आन्दोलन गरेर एउटा जुन हौसला र विजयोत्सव हुनुपर्थ्यो। मुलुकले एउटा गति लिनुपर्थ्यो। आज हामी विश्मयमा छौं, के भएको यो भनेर बुझ्न सकिएन', शनिबार प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित 'नागरिक सभा'को उठान गर्दै राजनीतिशास्त्री कृष्ण खनालले सहभागी अतिथितर्फ लक्षित गर्दै सुनाए। करिब २ घण्टा चलेको सो सभा यिनै बाध्यता र विश्मयको पोको खुलाउने प्रयत्नमा बित्यो।

नागरिकका तर्फबाट कृष्ण खनाल र दोभान राईका तीखा प्रश्नको सामना गर्न आइपुगेका थिए, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष महन्थ ठाकुर र कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजाल। तुलनात्मक रुपमा खुलेर बोलेका सहभागीहरुले ओलीलाई कायम राखिएको समर्थनदेखि नयाँ सत्ता समीकरणको जटिलतासम्मलाई सम्बोधन गरेका थिए। 

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाबाट एमाले ब्युँतिएपछि अन्योलपूर्ण राजनीतिक दिनहरु बिताइरहेका नेता नेपालले आफ्नो निरिहता व्यक्त गरे। उनले आफूलाई सर्वोच्च अदालतले घोक्र्याएर एमालेमा पठाइदिएकोले आफूले बडो अप्ठ्यारो महसुस गरिरहेको बताए। 'सर्वोच्चको फैसला छ- पुरानो ठाउँमा फर्क', उनले भने, 'हामी पुरानो ठाउँमा फर्किन खोजिरहेका छौं। तर बिडम्बना छ, यहाँ भन्न पनि मलाई गाह्रो छ। पार्टीभिको कुरा डबलीमा आएर भन्यो भन्ने अर्को आरोप लाग्ला। कुन दिन मलाई त्यहाँबाट पनि घोक्र्याएर निकालिदिने स्थिति बन्ला।'

नेता नेपाललाई राजनीतिशास्त्री खनालले प्रश्न तेर्स्याए- आवश्यक पर्दा संसद्‌मा 'फ्लोर क्रस' गर्नुहुन्छ कि हुन्न? नेपालले प्रष्ट जवाफ फर्काउन सकेनन्- 'यस्तो कुरा यहाँ सोधेर मलाई अप्ठ्यारोमा नपार्नुस् न।'

खनालले सुरुमै विपक्षी दल र नेताहरुसँग 'दोस्रो योजना'बारे जिज्ञासा राखिरहेका थिए। नेता नेपालले त्यसको प्रष्ट जवाफ दिएनन्। त्यसलाई स्पष्ट रुपमा जवाफ दिए, प्रचण्डले। 'हामीले सोच्यौं, संसद् पुनःस्थापना भएपछि स्वतः नै राजीनामा दिनुपर्ने परिस्थिति बन्छ र राजनीति सहज ढंगले अगाडि बढ्छ। संसद् पुनःस्थापना भएपछि सायद राजनीतिक नेतृत्वले थोरै रिल्याक्स गर्‍यौं', उनले भने, 'हामी दोस्रो योजनामा गम्भीर नभएकै हो। हामीले रिल्याक्स गर्‍यौं। गल्ती भयो। ओलीको कदम लोकतन्त्र र परिवर्तका विरुद्ध एउटा डिजाइनमा छ भनेर हामीले एकपछि अर्को तयारी गर्नुपर्थ्यो। त्यहाँ हामी थोरै चुकेकै हो।'

प्रचण्डले केही दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने खुलाए। उनले प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भनेर सडकमा भएका साथीहरुले आफूलाई हत्त न पत्त समर्थन फिर्ता नलिन जबर्जस्त दबाब दिएको  पनि खुलाए। 'समर्थन फिर्ता लिइस् भने झन् उल्टो पर्छ भन्ने छ', उनले भने, 'मैले भनिराखेको छु- नैतिक र राजनीतिक ढंगले म अब धैरै दिन पर्खिन सक्दिनँ। मैले जुन सरकारलाई प्रतिगामी भनेको छु। त्यसलाई मैले समर्थन गर्न सक्दिनँ। चाहे राजनीति जतासुकै जाओस्। मैले मेरो राजनीति र नैतिकतालाई बचाउनुपर्दछ। म केही दिनभित्र नै त्यो प्रक्रिया अगाडि बढाउँछु।'

प्रचण्डले समर्थन फिर्ता लिनुअघि आफ्नो प्रयत्न परिवर्तित परिस्थितिमा प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा गएका प्रमुख राजनीतिक दलहरुका बीचमा अबका निकासबारे एउटा न्यूनतम समझदारी र सहकार्य होस् भन्ने चाहेको बताए। 'अविश्वासको प्रस्ताव दर्ता गर्ने र समर्थन फिर्ता सँगसँगै होस् भन्नका निम्ति मात्रै मैले दाह्रा किटेर मात्रै समर्थनलाई एकदुई रोकेको मात्रै हो', उनले भने।

पछिल्लो राजनीतिक संकटलाई आफ्नो पक्षमा पार्नका लागि प्रधानमन्त्री ओलीले जसपासँग दुरी घटाएका छन्। त्यसैले पनि सो पार्टीका नेताहरुको बालुवाटार आऊजाऊ बाक्लिएको छ। जसले गर्दा प्रधानमन्त्री ओली र जसपाबीचको संवादलाई लिएर अनेक आशंका व्यक्त हुने गरेका छन्। त्यस्तै मध्येको एक हो, ओलीले विश्वासको मत लिनुपर्ने अवस्था आएमा जसपाले ओलीलाई नै सघाउँछ। त्यसैलाई लक्षित गर्दै खनालले ठाकुरलाई सोधे- 'विश्वासको मत लिनुपर्ने अवस्थामा प्रधानमन्त्रीलाई धकेलेपछि विश्वासको मत त तपाईंहरुले दिन सक्नुहुन्नँ नि!'

ठाकुरले प्रष्ट जवाफ दिएनन्। उनले त्यो कुरा त्यतिबेलै विचार गर्ने बताए। बरु उनले आफूहरु थारु र मधेसी भएकाले पीडा भोग्नुपरेको बताए। उनले कम्युनिस्ट पार्टीमा अहिले स्वार्थको लडाइँ भइरहेकाले त्यसमा आफूहरुलाई नमुछ्न आग्रह गरे। 'देशमा जब संकट आउँछ, अहिले संकट छ', ठाकुर अघि बढे, 'त्यसपछि हाम्रो जरुरत पर्छ। अरु बेलामा पर्दैन।'

ठाकुरले अहिलेसम्म ओलीसँग कुनै लिखित सम्झौता पनि नगरेको र वचन पनि नदिएको प्रष्ट पारे। ‘प्रधानमन्त्री भन्नुहुन्छ- म गर्न सक्ने जति गर्छु। त्यसो भए गरेर देखाउनुस्’, उनले भने।

विश्वासको मतको विषयमा खनाल कांग्रेस नेता रिजालबाट पनि प्रष्ट हुने चाहे। उनले सोधे- 'के कांग्रेसले ओलीलाई विश्वासको मत दिनसक्छ?' 'हामी दिन सक्दैनौं', रिजाल पनि प्रष्ट सुनिए।

भिडियो

रिजालले ओली कसरी सत्ता लम्ब्याउने प्रयासमा छन् भन्ने पनि खुलाउन खोजे। उनको भनाइको सार थियो- प्रधानमन्त्रीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री भइराख्न मन छैन। उनी उहाँलाई ७६ (३) वा ७६ (५) मा पुग्ने हतार छ। ७६ (५) अनुसार प्रधानमन्त्री बन्न नसक्ने र ७६ (३) अनुसारकै प्रधानमन्त्रीले ७६ (७) को अधिकार प्रयोग गर्न पाइयोस्। त्यतातिर मुलुकको राजनीति जाओस् भन्ने चाहनुभएको छ।

'आजको दिनमा ओलीसँग प्राविधिक र राजनीतिक रुपमा संसद्को बहुमत पनि छैन। ओलीको विपक्षमा पनि प्राविधिक रुपमा बहुमत छैन। राजनीतिक रुपमा बहुमत भए पनि प्राविधिक रुपमा छैन। त्यसको राजनीतिक फाइदा लिनका लागि उहाँ बस्नुभएको छ', रिजालले भने।

प्रचण्डले सहकार्यका लागि महन्थलाई पटकपटक आग्रह गरे। 'हामी पीडित हौं। पीडित-पीडित मिल्ने हो। पीडितहरुको मोर्चा बनाउने हो र लडाइँ जित्ने हो', उनले भने।

उनले नेपालमा मधेसको अधिकार पहिचान विरोधी प्रवृत्तिको रुपमा नेपालमा केपी ओली प्रवृत्ति स्थापित भएको ठाकुरलाई स्मरण गराए। 'तपाईं नै सरकार बनाउनुस् र समस्या हल गर्नुस् न मिलेर। आजको भोलि, एक हप्ताभित्र हाम्रो सरकार बन्छ, महन्थजी। तपाईं हामी मिलेर सरकार बनाऔं, किन ओलीकहाँ धाउनुहुन्छ?', प्रचण्डले ठाकुरलाई भने।

ठाकुरले प्रचण्डको प्रस्तावको जवाफ दिएनन्। बरु केही अघि नै उनले भनेका थिए- 'तपाईंको पीडा र हाम्रो पीडा अलगअलग छ। तपाईंहरुको पीडा सत्ताका लागि हुनसक्छ। हाम्रो त्यो छैन।'

प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  २१:५६
  • #प्रचण्ड
  • #नागरिक_आन्दोलन
  • #माधव
  • #मीनेन्द्र
  • #महन्थ

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
मुलुक सुहाउँदो कानुन बनाउनुपर्छ :  प्रभु साह प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको शुक्रबार बसेको बैठकमा सांसद साहले कानुन बनाउँदा उड्ने नभई धर्तीलाई... शुक्रबार, असार २०, २०८२
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे नियमन र  सञ्चालन एउटैले नसक्ने उनले बताएका हुन। शुक्रबार, असार २०, २०८२
बागमती प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जब... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह शुक्रबार, असार २०, २०८२
मुलुक सुहाउँदो कानुन बनाउनुपर्छ :  प्रभु साह शुक्रबार, असार २०, २०८२
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे शुक्रबार, असार २०, २०८२
खलङ्गामा वितरण गरिएको खानेपानीमा इकोली जीवाणु फेला शुक्रबार, असार २०, २०८२
तालिवान सरकारलाई रुसले मान्यता दियो शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्