• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नागरिकको प्रश्न नेतालाई- ओली किन अझै प्रधानमन्त्री?

64x64
किशोर दहाल शनिबार, चैत १४, २०७७  २१:५६
1140x725

काठमाडौं- 'पुनःस्थापित भएपछि संसद्ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कठालो समातेर निकाल्छ भन्ने हाम्रो अपेक्षा थियो। तर आज पनि प्रधानमन्त्री को छ भन्दा उनकै नाम लिन हामी बाध्य छौं। यत्रो ठूलो आन्दोलन गरेर एउटा जुन हौसला र विजयोत्सव हुनुपर्थ्यो। मुलुकले एउटा गति लिनुपर्थ्यो। आज हामी विश्मयमा छौं, के भएको यो भनेर बुझ्न सकिएन', शनिबार प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित 'नागरिक सभा'को उठान गर्दै राजनीतिशास्त्री कृष्ण खनालले सहभागी अतिथितर्फ लक्षित गर्दै सुनाए। करिब २ घण्टा चलेको सो सभा यिनै बाध्यता र विश्मयको पोको खुलाउने प्रयत्नमा बित्यो।

नागरिकका तर्फबाट कृष्ण खनाल र दोभान राईका तीखा प्रश्नको सामना गर्न आइपुगेका थिए, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष महन्थ ठाकुर र कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजाल। तुलनात्मक रुपमा खुलेर बोलेका सहभागीहरुले ओलीलाई कायम राखिएको समर्थनदेखि नयाँ सत्ता समीकरणको जटिलतासम्मलाई सम्बोधन गरेका थिए। 

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाबाट एमाले ब्युँतिएपछि अन्योलपूर्ण राजनीतिक दिनहरु बिताइरहेका नेता नेपालले आफ्नो निरिहता व्यक्त गरे। उनले आफूलाई सर्वोच्च अदालतले घोक्र्याएर एमालेमा पठाइदिएकोले आफूले बडो अप्ठ्यारो महसुस गरिरहेको बताए। 'सर्वोच्चको फैसला छ- पुरानो ठाउँमा फर्क', उनले भने, 'हामी पुरानो ठाउँमा फर्किन खोजिरहेका छौं। तर बिडम्बना छ, यहाँ भन्न पनि मलाई गाह्रो छ। पार्टीभिको कुरा डबलीमा आएर भन्यो भन्ने अर्को आरोप लाग्ला। कुन दिन मलाई त्यहाँबाट पनि घोक्र्याएर निकालिदिने स्थिति बन्ला।'

नेता नेपाललाई राजनीतिशास्त्री खनालले प्रश्न तेर्स्याए- आवश्यक पर्दा संसद्‌मा 'फ्लोर क्रस' गर्नुहुन्छ कि हुन्न? नेपालले प्रष्ट जवाफ फर्काउन सकेनन्- 'यस्तो कुरा यहाँ सोधेर मलाई अप्ठ्यारोमा नपार्नुस् न।'

खनालले सुरुमै विपक्षी दल र नेताहरुसँग 'दोस्रो योजना'बारे जिज्ञासा राखिरहेका थिए। नेता नेपालले त्यसको प्रष्ट जवाफ दिएनन्। त्यसलाई स्पष्ट रुपमा जवाफ दिए, प्रचण्डले। 'हामीले सोच्यौं, संसद् पुनःस्थापना भएपछि स्वतः नै राजीनामा दिनुपर्ने परिस्थिति बन्छ र राजनीति सहज ढंगले अगाडि बढ्छ। संसद् पुनःस्थापना भएपछि सायद राजनीतिक नेतृत्वले थोरै रिल्याक्स गर्‍यौं', उनले भने, 'हामी दोस्रो योजनामा गम्भीर नभएकै हो। हामीले रिल्याक्स गर्‍यौं। गल्ती भयो। ओलीको कदम लोकतन्त्र र परिवर्तका विरुद्ध एउटा डिजाइनमा छ भनेर हामीले एकपछि अर्को तयारी गर्नुपर्थ्यो। त्यहाँ हामी थोरै चुकेकै हो।'

प्रचण्डले केही दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने खुलाए। उनले प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भनेर सडकमा भएका साथीहरुले आफूलाई हत्त न पत्त समर्थन फिर्ता नलिन जबर्जस्त दबाब दिएको  पनि खुलाए। 'समर्थन फिर्ता लिइस् भने झन् उल्टो पर्छ भन्ने छ', उनले भने, 'मैले भनिराखेको छु- नैतिक र राजनीतिक ढंगले म अब धैरै दिन पर्खिन सक्दिनँ। मैले जुन सरकारलाई प्रतिगामी भनेको छु। त्यसलाई मैले समर्थन गर्न सक्दिनँ। चाहे राजनीति जतासुकै जाओस्। मैले मेरो राजनीति र नैतिकतालाई बचाउनुपर्दछ। म केही दिनभित्र नै त्यो प्रक्रिया अगाडि बढाउँछु।'

Ncell 2
Ncell 2
nimb
nimb

प्रचण्डले समर्थन फिर्ता लिनुअघि आफ्नो प्रयत्न परिवर्तित परिस्थितिमा प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा गएका प्रमुख राजनीतिक दलहरुका बीचमा अबका निकासबारे एउटा न्यूनतम समझदारी र सहकार्य होस् भन्ने चाहेको बताए। 'अविश्वासको प्रस्ताव दर्ता गर्ने र समर्थन फिर्ता सँगसँगै होस् भन्नका निम्ति मात्रै मैले दाह्रा किटेर मात्रै समर्थनलाई एकदुई रोकेको मात्रै हो', उनले भने।

पछिल्लो राजनीतिक संकटलाई आफ्नो पक्षमा पार्नका लागि प्रधानमन्त्री ओलीले जसपासँग दुरी घटाएका छन्। त्यसैले पनि सो पार्टीका नेताहरुको बालुवाटार आऊजाऊ बाक्लिएको छ। जसले गर्दा प्रधानमन्त्री ओली र जसपाबीचको संवादलाई लिएर अनेक आशंका व्यक्त हुने गरेका छन्। त्यस्तै मध्येको एक हो, ओलीले विश्वासको मत लिनुपर्ने अवस्था आएमा जसपाले ओलीलाई नै सघाउँछ। त्यसैलाई लक्षित गर्दै खनालले ठाकुरलाई सोधे- 'विश्वासको मत लिनुपर्ने अवस्थामा प्रधानमन्त्रीलाई धकेलेपछि विश्वासको मत त तपाईंहरुले दिन सक्नुहुन्नँ नि!'

ठाकुरले प्रष्ट जवाफ दिएनन्। उनले त्यो कुरा त्यतिबेलै विचार गर्ने बताए। बरु उनले आफूहरु थारु र मधेसी भएकाले पीडा भोग्नुपरेको बताए। उनले कम्युनिस्ट पार्टीमा अहिले स्वार्थको लडाइँ भइरहेकाले त्यसमा आफूहरुलाई नमुछ्न आग्रह गरे। 'देशमा जब संकट आउँछ, अहिले संकट छ', ठाकुर अघि बढे, 'त्यसपछि हाम्रो जरुरत पर्छ। अरु बेलामा पर्दैन।'

ठाकुरले अहिलेसम्म ओलीसँग कुनै लिखित सम्झौता पनि नगरेको र वचन पनि नदिएको प्रष्ट पारे। ‘प्रधानमन्त्री भन्नुहुन्छ- म गर्न सक्ने जति गर्छु। त्यसो भए गरेर देखाउनुस्’, उनले भने।

विश्वासको मतको विषयमा खनाल कांग्रेस नेता रिजालबाट पनि प्रष्ट हुने चाहे। उनले सोधे- 'के कांग्रेसले ओलीलाई विश्वासको मत दिनसक्छ?' 'हामी दिन सक्दैनौं', रिजाल पनि प्रष्ट सुनिए।

भिडियो

रिजालले ओली कसरी सत्ता लम्ब्याउने प्रयासमा छन् भन्ने पनि खुलाउन खोजे। उनको भनाइको सार थियो- प्रधानमन्त्रीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री भइराख्न मन छैन। उनी उहाँलाई ७६ (३) वा ७६ (५) मा पुग्ने हतार छ। ७६ (५) अनुसार प्रधानमन्त्री बन्न नसक्ने र ७६ (३) अनुसारकै प्रधानमन्त्रीले ७६ (७) को अधिकार प्रयोग गर्न पाइयोस्। त्यतातिर मुलुकको राजनीति जाओस् भन्ने चाहनुभएको छ।

'आजको दिनमा ओलीसँग प्राविधिक र राजनीतिक रुपमा संसद्को बहुमत पनि छैन। ओलीको विपक्षमा पनि प्राविधिक रुपमा बहुमत छैन। राजनीतिक रुपमा बहुमत भए पनि प्राविधिक रुपमा छैन। त्यसको राजनीतिक फाइदा लिनका लागि उहाँ बस्नुभएको छ', रिजालले भने।

प्रचण्डले सहकार्यका लागि महन्थलाई पटकपटक आग्रह गरे। 'हामी पीडित हौं। पीडित-पीडित मिल्ने हो। पीडितहरुको मोर्चा बनाउने हो र लडाइँ जित्ने हो', उनले भने।

उनले नेपालमा मधेसको अधिकार पहिचान विरोधी प्रवृत्तिको रुपमा नेपालमा केपी ओली प्रवृत्ति स्थापित भएको ठाकुरलाई स्मरण गराए। 'तपाईं नै सरकार बनाउनुस् र समस्या हल गर्नुस् न मिलेर। आजको भोलि, एक हप्ताभित्र हाम्रो सरकार बन्छ, महन्थजी। तपाईं हामी मिलेर सरकार बनाऔं, किन ओलीकहाँ धाउनुहुन्छ?', प्रचण्डले ठाकुरलाई भने।

ठाकुरले प्रचण्डको प्रस्तावको जवाफ दिएनन्। बरु केही अघि नै उनले भनेका थिए- 'तपाईंको पीडा र हाम्रो पीडा अलगअलग छ। तपाईंहरुको पीडा सत्ताका लागि हुनसक्छ। हाम्रो त्यो छैन।'

प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  २१:५६
  • #प्रचण्ड
  • #नागरिक_आन्दोलन
  • #माधव
  • #मीनेन्द्र
  • #महन्थ

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्