फाइल तस्बिर
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली राजनीतिमा दिउँसै रात पार्ने काम भएको टिप्पणी गरेका छन्। शनिबार प्रज्ञा प्रतिष्ठानको नागरिक डबलीमा बोल्दै दाहालले यस्तो टिप्पणी गरेका हुन्।
नेतृत्वले दृढताका साथ निष्कर्ष दिनुपर्नेमा अल्पमतमा परेको भन्ने प्रश्नमा उनले विगतमा 'बोल्ड' निर्णय पनि भएको जवाफ दिएका थिए। शान्तिपूर्ण आन्दोलन, समृद्धिको सपना, सशस्त्र युद्धबाट शान्ति प्रक्रिया हुँदै संविधान लेखनसम्मका विषयमा नेतृत्वले बोल्ड निर्णय गरेको उनको भनाइ थियो।
'महन्थ ठाकुरले यहाँ संकेत गर्नुभयो। हो मैले नै नेतृत्व गरेर एउटै वामपन्थी दल बनाएको हो,' दाहालले भने, 'जब पार्टीभित्र केपी ओलीमा निरंकुश र स्वेच्छाचारी प्रवृत्ति मैले देखेँ। उनीविरुद्ध पार्टीभित्र १९ पृष्ठ लामो प्रतिवेदन पेस पनि मैले नै गरेको हुँ।’
राजनीति सरल रेखामा नहुने बताएका उनले भने, ‘दुई तिहाई भन्दा धेरै सदस्यले पार्टीमा सच्चिन भनेका थियौँ। अध्यक्षबाट हामीले हटायौँ। वैधानिक रुपमा ७० प्रतिशत उपस्थित भएर हटाएको हो। केन्द्रीय समितिको बैठकको बहुमत नै पार्टी र वैधानिक हो।’
फागुन २३ गते सर्वोच्चको फैसलाले जन्मिसकेको बच्चालाई फेरि कोखभित्र हाल्दिएको उनको टिप्पणी थियो। 'जन्मिएको बच्चालाई अदालतले फेरि कोखभित्र हाल्दिएको छ। दिउसै रात पारियो कसले गर्न सक्छ के? दिउसै रात पारिएको छ।'
उनले आफहरू पनि पीडित भएको र पीडितहरू मिल्नुपर्ने आवश्यकता पनि औँल्याए। 'अहिले त रेशम चौधरीको कुरा हुन्छ। खुशी लागेको छ। उनलाई भेट्न मन्त्री गएका छन्, नेता गएका छन्,' उनले भने, 'म पनि पीडित हो। मेरो टाउँकोमा पनि मुद्दा त छ। मेरो कार्यकर्ता पनि जेलमा छन्। पीडित मिल्ने हो। यो समयमा केपीको निरंकुश प्रतिगमनकारी शक्तिलाई पराजित गर्ने हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।