काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई सरकारको नेतृत्व लिन आग्रह गरेका छन्।
शनिबार प्रज्ञा प्रतिष्ठानको नागरिक डबलीमा बोल्दै दाहालले ठाकुरलाई बालुवाटारमा ओलीसँग भेट्न जानु भन्दा सरकारको नेतृत्व लिएर समाधन गर्न आग्रह गरेका हुन्।
‘तपाई नै सरकार बनाउनुस् र हल गरौँ भन्ने मेरो प्रस्ताव हो। एक हप्ताभित्र हाम्रो सरकार बन्छ,’ उनले भने, ‘तपाईकै नेतृत्वमा सरकार बानऔँ अनि हल गरौँ। अब अरुको नेतृत्वमा किन जाने?’
संसदमा संविधान संशोधन प्रस्ताव लैजाने आफू नै भएको भन्दै दाहालले उक्त प्रस्ताव असफल बनाउने केपी शर्मा ओली नै भएको कुरा स्वीकार गर्न समेत उनले महन्थलाई आग्रह गरेका थिए।
‘विगतमा आज कहाँ भन्दा बालुवाटार, ओली कहाँ, भोलि कहाँ भन्दा ओलीसँग गरेकै हो,’ दाहालले भने, ‘अहिले त्यही भएर मसँग नागरिक समाज रिसाउनु भएको छ। तपाईहरु पनि यही नर्गनुस् फेरि मजस्तै हुनु होला। आउनुस तपाईको नेतृत्वमा सरकार बनाऔँ।’
ओली प्रवृत्तिमाथि प्रधानमन्त्री र पार्टी एकता लगेर बुझाएकोमा आफूले गल्ती गरेको उल्लेख गर्दै उनले ओली प्रवृत्तिविरुद्ध आफूले विद्रोह पनि गरेको उल्लेख गरे। प्रचण्डको प्रतिप्रश्न थियो, ‘मलाई अोलीविरुद्ध विद्रोह गर्यो भनेर किन भन्नुहुन्न?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।