काठमाडौं– नागरिक समाजको अगुवाइमा जारी बृहत् नागरिक आन्दोलनअन्तर्गत आज (शनिबार) हुने नागरिक सभामा राजनीतिक दलका नेताहरूसमक्ष नागरिकको प्रश्न राखिने भएको छ।
नागरिक सभामा ‘नागरिकको प्रश्न, दलहरूको जवाफ’ विषयक अन्तरक्रिया गर्न लागिएका हो। उक्त कार्यक्रममा दुईजना पूर्वप्रधानमन्त्रीसहित प्रमुख दलका नेताहरू सहभागी हुने छन्।
बृहत् नागरिक आन्दोलनले दिएको जानकारीअनुसार आजको सभामा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले नागरिकका प्रश्नमाथि जवाफ दिनेछन्।
आज दिउँसो २ बजे प्रज्ञा डबलीमा हुने कार्यक्रमको सहजीकरण प्राध्यापक कृष्ण खनाल र दोभान राईले गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।