विराटनगर– तेह्रथुमको आठराई गाउँपालिका–२ खाम्लालुङबाट एक थान भरुवा बन्दुक बरामद भएको छ।
इलाका प्रहरी कार्यालय आठराईको गस्ती टोलीले आठराई गाउँपालिका–२ खम्लालुङस्थित जंगल नजिकैबाट बन्दुक बरामद गरेको हो। प्रहरीलाई देख्नासाथ करिब २५ वर्षीय एक युवकले बन्दुक फ्याँकेर जंगलतर्फ भागेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।
यसअघि धनकुटाको साँगुरीगढी गाउँपालिका–६ बाट प्रहरीले एक थान भरुवा बन्दुकसहित स्थानीय ३४ वर्षीय फौदासिङ मगर र ३५ वर्षीय लालबहादुर राईलाई इलाका प्रहरी कार्यालय भेडेटारले पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।