विराटनगर– सुनसरीको रामधुनी नगरपालिका–९ मा पर्खालले किचेर एक बालकको शुक्रबार मृत्यु भएको छ।
प्लटिङ जग्गामा निर्माण भएको पर्खाल भत्केर रामधुनी–२ का मोहमद साबिरका छोरा १२ वर्षीय मोहमद गुलाबको मृत्यु भएको हो। पौडी खेल्न गएका दुई बालकमध्ये गुलाबको मृत्यु भएको हो। घटनामा मोहमद जबारका छोरा १२ वर्षीय मोहमद सबराज गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
उनको सुनसरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।