• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत १९, २०८२ Thu, Apr 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च

जेलले जन्माएको ‘खलपात्र’

64x64
पुष्पा थपलिया बुधबार, चैत ११, २०७७  ११:४२
1140x725

काठमाडौं- खुइलिएको तालु। गन्‍न सकिने कपालका रौं, त्यो पनि जिङरिङ्‍ग परेका...। उस्तै नमिलेका लामा दाह्री। र, गलामा रूद्राक्षको माला।

चितवनका कवि तथा रंगकर्मी मुकुन्द अर्याल ‘खलपात्र’ झट्ट हेर्दा अचम्मलाग्दा छन्। घरपरिवारका सदस्यले त उनलाई पागलकै संज्ञा दिन्थे। यसमा उनलाई केही दुःखेसो छैन। ‘सुपात्र’ बन्‍न प्रतिस्पर्धा गरिरहेको समाजमा उनी ‘कूपात्र’को नामबाट आफ्नो परिचय दिन चाहन्छन्।

बाबु ६० वर्ष पुग्दा जन्मिएका कान्छा छोरा मुकुन्द, केही वर्षमात्रै भयो खलपात्र बनेको। उनका बाबुका तीन श्रीमती थिए। जेठी आमाबाट तीन छोरा, तीन छोरी जन्मिए। मुकुन्द माइलीका कान्छा सन्तान हुन्। उनकी आमाले पाँच भाइ छोरा र दुई छोरी जन्माइन्। कान्छी आमाले एक भाइ छोरा जन्माएकी थिइन्, तर ती आमाछोरा दुवै बितिसके। यति धेरै दाजुभाइ दिदीबहिनीको हुलमा उनी उमेरले सबैभन्दा कान्छा सन्तान हुन्।

दायाँबायाँ पाखामा कोही बालसखा थिएनन् उनका। गुल्मीको आमचौर गाविस (हाल मुसिकोट नगरपालिका) को एकान्त डाँडामा जन्मिएका उनले बाल्यकालमा साथीभाइसँग झगडा गर्न पाएनन्, न त रमाइलो गर्न नै। उनका जेठा दाइ नै उनीभन्दा २४ वर्ष जेठा थिए।

बोल्ने, खेल्ने कुद्‍ने साथी नभेटेर अन्योलमा परेका मुकुन्दलाई उनका बाबुले मेरो छोरा त कस्तो ज्ञानी भन्थे रे! एक कक्षासम्म गुल्मीकै पुरानो स्कूलमा पढेका उनी पढ्न जाँदा घरबाटै गुन्द्री बोकेर जान्थे।

करिब ६ वर्षको हुँदा, उनी सहर (चितवन)मा झरे। गुन्द्री बोकेर पढ्न गएको ठाउँबाट डेक्समा बसेर पढ्ने स्कूलमा आए। सहरको पहिलो क्षण सम्झेर हाँस्दै मुकुन्दले भने, ‘सहरको एक पसलमा मैले सेतो डल्ला देखेँ। दाइलाई त्यो केको डल्ला हो भनेर सोध्दा पाउरोटी हो खान्छस्? भने। खान्छु भनेर मैले टाउको हल्लाएँ। पाउरोटी र रातो झोल (त्यो फेन्टा रहेछ)। दुवैको स्वाद चाख्‍न पाएँ।’

गुल्मीको बाहुनगाउँबाट चितवन आउँदा उनले पहिलोपल्ट मगर जातिका मानिस देखे। देखेजति सबै मानिस उनलाई उस्तै लाग्थ्यो। लामो समयपछि मात्रै उनले मगर जातिका मानिस छुट्याउन सके।

कक्षा १ गुल्मीमै पढेका उनी चितवनमा आएर तीन कक्षामा भर्ना भए। जसकारण उनको पढाइ कमजोर बन्‍न पुग्यो। अंग्रेजीको ‘ए’ समेत नसिकाएको ठाउँमा पढेका उनले एकैचोटी ‘ह्वाट इज योर नेम’ भन्‍ने प्रश्नको सामना गर्नुपर्‍यो। यसले स्कुले पढाइप्रति वितृष्णा पैदा गरायो। नौ कक्षासम्म जसोतसो पास भए पनि एसएलसीमा गुल्टिए।

nimb
nimb
Ncell 2
Ncell 2

एक वर्षपछि नै उनमा दिव्यज्ञान पलायो। लाग्यो- जोसँग पैसा छ, उसैको इज्जत छ। त्यसैले अब लाहुरे बन्‍ने, अनि टन्‍न पैसा कमाउने।

अर्कोपटक ४४ प्रतिशत अर्थात् तेस्रो डिभिजन ल्याएर उनले एसएलसी पास गरे। मुकन्दले हाँस्दै भने, ‘तेस्रो डिभिजन भए पनि हामी गान्धी डिभिजन भनेर धाक लगाउँदै हिँड्थ्यौं।’

क्याम्पस भर्ना भएसँगै उनी उग्र भएर निस्किए। ‘सानोमा बाध्यताबस ज्ञानी हुन परेकाले होला, म सम्हाल्नै नसकिने भएर निस्किएँ,’ उनले सुनाए।

आइकममा पढ्दा उनी चुरोट, गाँजा, जाँड, रक्सी जे भेट्यो त्यही खाने भए। ‘त्यो बेलामा लभ गर्ने चलन पनि थियो,’ उनले आँखा झिम्क्याउँदै भने।

एक वर्षपछि नै उनमा दिव्यज्ञान पलायो। लाग्यो- जोसँग पैसा छ, उसैको इज्जत छ। त्यसैले अब लाहुरे बन्‍ने, अनि टन्‍न पैसा कमाउने।

यही सोचले केही साथीको साथ लागेर भारत हान्‍निए। कमर्स लिएर आइकम भर्ना गरेका उनले पहिलो वर्षमा नै पढाइ छाडे।

दिल्लीमा भाँडा माझेर कुक बन्‍ने र युके जाने योजना थियो उनको। तर, सोचेजस्तो भएन। केही महिनामै उनी घर फर्किए।

नेपाल आएर रिक्सा ग्यारेज खोले। यसले झनै उनलाई जाँड रक्सी र दुर्व्यसनको दलदलमा फसायो। उनले भने, ‘जाँड खाएपछि मभित्रको नराम्रो पात्र सलबलाउने रहेछ। मानिस यसै पनि निच छ, त्यसैमाथि रक्सी खाएपछि निचताको पराकाष्ठ नाघ्ने रहेछ।’

उनको बानी पनि त्यस्तै... एउटा काममा लागेको १० देखि १५ दिनसम्म मात्र टिक्न सक्थे। त्यति दिन ध्यान दिएर, ज्यान दिएर कम गर्ने तर त्यसलाई निरन्तरता दिन नसक्ने स्वभाव थियो। यही बानीका कारण उनको रिक्सा ग्यारेज पनि अगाडि बढ्न सकेन।

झोला र पासपोर्ट बुझाएर गाडी चढे मुकुन्द। गाडी खाली थियो, खल्ती जस्तै। गाडीले उफारेर निधारमा चोट पनि लाग्यो।

उनी फेरि भारत गए। तावा भन्‍ने रेस्टुरेन्टमा तन्दुरी बनाउने काम पाए। एकै पटक ६० देखि ७० केजीसम्मको पिठो मुछ्नुपर्थ्यो। १५ दिन मात्रै काममा टिक्ने उनी त्यहाँ भने पाँच महिनासम्म टिके।

यसको कारण रमाइलो छ। उनले रौसिँदै भने, ‘काम छाडेर हिँडे साहुले पिट्छ भन्‍ने हल्ला थियो, त्यसैले जबरजस्ती टिकेँ।’

जसोतसो पाँच महिना काम गरेपछि उनी त्यहाँबाट भागे। काम गर्ने ठाउँबाट भाग्दा उनको खल्तीमा सुक्को पैसा थिएन। त्यसैमाथि काम छाडेको महिना जाडो मौसम परेछ। जाडोमा काम पाउन मुस्किल भएकाले उनले अर्को ठाउँमा काम पाएनन्।

हदै भएपछि एकजना नेपाली साथीसँग पैसा सापटी मागे। उनले पैसा छैन, बरू महेन्द्रनगरसम्मको टिकट काटिदिन्छु भने। मुकुन्दले भने, ‘महेन्द्रनगरसम्म पुगेँ भने त्यहाँ एकजना भञ्‍जा भनेर मरिहत्ते गर्ने मामा छन्, उनैसँग सापटी मागेर घर जानुपर्ला भन्‍ने सोचेँ।’

विडम्बना! महेन्द्रनगर पुग्दा ती मामाको काज चलिरहेको रहेछ।  माया गर्ने मामाको काजमा तीन दिनसम्म बसे। उनलाई त्यो समयमा आफू कुकुरजस्तै लागेको थियो। केही सीप नलागेपछि उनले एकजना मान्छेकहाँ ‘झोला र पासपोर्ट राख, घर जाने गाडी चढाइदेऊ’ भन्‍न गए।

झोला र पासपोर्ट बुझाएर गाडी चढे मुकुन्द। गाडी खाली थियो, खल्ती जस्तै। गाडीले उफारेर निधारमा चोट पनि लाग्यो।

त्यो समयसम्म उनलाई नेपालमा संकटकाल छ भन्‍ने पत्तै थिएन। वर्दिया राष्ट्रिय निकुञ्‍जमा पुगेपछि प्रहरीले गाडी जाँच गर्‍यो। मुकुन्दसँग परिचय खुल्ने कुनै कागजात थिएन, उल्टै निधारमा चोट थियो। निकै मुस्किलले उनी प्रहरीको पञ्‍जाबाट फुत्किए।

धेरै हन्डर खाएर घरमा पुगे उनी।  ‘घरमा के-कस्तो छ भन्‍ने प्रश्न सोधिएन। उल्टै ‘हेर जाँड खाएर लडेर निधारमा चोट लागेको!’ भन्दा चित्त दुख्यो। पाँच महिना त इमान्दार भएरै काम गरेर आएको थिएँ नि!,’ मुकुन्दले त्यतिबेलाको नरमाइलो पल सुनाए।

जिन्दगीको टर्निङ पोइन्ट
मुकुन्द २०६३ सालतिर काठमाडौं आए। र, होटलमा काम गर्न थाले।  तर, एउटा होटलमा धेरै सयम टिक्न सकेनन्। महिनैपिच्छे जस्तै काम गर्ने होटल परिवर्तन हुन्थ्यो। प्रत्येक होटलमा एक महिनामात्रै टिक्ने भएपछि उनी आफैं ठेलामा मःम बेच्‍न सुरू गरे। 

पार्टनरसहित सुरू गरेको काम अन्ततः फेरि गाँजा खाने अखडाजस्तो बन्‍न पुग्यो। गुण्डागर्दी गर्ने साथीहरू पनि प्रहरीको आँखा छलेर त्यही अखडामा आउँथे। झगडा गर्ने, टाउको फुटाउने हरेक हुन थालेपछि उनीहरूको ‘टाइटनिक’ डुब्यो। ‘ठेलालाई माया गरेर हामी टाइटनिक भन्थ्यौं,’ उनले गम्भीर मुद्रामा भने।

यही सिलसिलामा साथी सिर्जना थापाले एभरेस्ट होटलमा इन्टर्न गर्न बोलाएकी थिइन्। ‘होटलमा काम गर्न थालेपछि सबै कूलत छाड्छु, तर अन्तिम चोटी त खाने हो’ भन्‍ने सोच उनको जिन्दगीको ‘टर्निङ पोइन्ट’ बन्‍न पुग्यो।

उनी पहिले पनि नाकाबाट लागुऔषध ओसारपसार गर्थे। ब्राउन सुगरलाई धुलो भन्‍ने गरिन्थ्यो। एभरेस्ट होटलमा काम गर्न जानुअघि उनले अन्तिमपटक भनेर लागुऔषध काठमाडौं ल्याए। सबैलाई भाग पुर्‍याए।

जेलबाट निस्किएको दिन उनलाई आफू स्वतन्त्र पक्षीजस्तै भएको महसुस भएको थियो। साथमा भविष्य सम्झेर नैराश्यता पनि।

विदेश गएर आएका एकजना केटाले पनि धुलो लिने बतायो। चाबहिलको गोपीकृष्ण हलमा फिल्म हेर्ने र त्यहीँ भेटेर धुलो दिने सल्लाह भयो। हिन्दी फिल्म ‘पाटनर्स’ लागेको थियो, त्यो बेला। त्यहाँ एकजना पुरानो प्रयोगकर्तालाई उनले केही मात्रामा धुलो बेचे। ती व्यक्ति चाबहिलको पुरानो मान्छे रहेछ। प्रहरीले लामो समयदेखि पछ्याइरहेको उनलाई त्यही समयमा पक्राउ गर्‍यो। प्रहरीले समातेपछि ती प्रयोगकर्ताले मुकुन्दको बारेमा नालीबेली सुनाए। र, उनी पक्राउ परे।

एभरेस्ट होटलमा इन्टर्न सुरु गर्नुभन्दा ठीक अघिल्लो दिन पक्राउ परेपछि इन्टर्न सकेर विदेश जाने उनको सपना पनि कहिल्यै पूरा नहुने गरी टुट्न पुग्यो।

पाँच वर्ष जेलमा बसे। त्यहाँ अध्ययन र ध्यान गरे। आफूले गलत गरेर शून्यमा पुगेको अनुभूति उनलाई त्यही जेल जीवनले गरायो। उनी ७० दिन हनुमानढोकामा बसे। केही महिना केन्द्रीय कारागारमा बिताए। बाँकी समय नख्खु जेलमा कटाए।

जेलबाट निस्किएको दिन उनलाई आफू स्वतन्त्र पक्षीजस्तै भएको महसुस भएको थियो। साथमा भविष्य सम्झेर नैराश्यता पनि। उनले सुनाए, ‘थानकोटको ओरालोमा बस गुडिरहँदा म भक्कानो छाडेर रोएको थिएँ।’

जेलबाट निस्किएर गाउँ गए। परिवारका सदस्य सबैले विदेश गएको भनेका रहेछन्। तर, उनले कसैलाई कुरा लुकाएनन्। आफू पाँच वर्षसम्म जेल बसेर आएको बताए। यसरी खुलेर जेल बसेको कुरा सुनाउँदा उनलाई गाउँलेले पागल भने।

तस्बिर: मुकुन्दको फेसबुक पेजबाट।

आफ्नो नराम्रो छवि पाँच वर्षमा मेटाउने लक्ष्यसहित चितवनको साहित्य र रंगमञ्‍चमा सक्रिय हुन थाले। उनी यस क्षेत्रमा लागेको सात वर्ष बित्यो। पूरा काम गर्न नसके पनि पहिलेको तुलनामा चितवनले उनलाई सम्मान गर्न थालेको छ। उनले एउटा छुट्टै पहिचान बनाएका छन्, 'खलपात्र' को रुपमा। त्यही पाँच वर्षको जेल जीवनले जन्माएको हो खलपात्र। 

उनीसँग प्रतिभा भरिएर बसेको छ। केही कुरा देख्‍नेबित्तिकै त्यसलाई सुन्दर कवितामा ढाल्न समय लाग्दैन उनलाई। यो प्रतिभा स्कूले जीवनदेखि नै आफूमा रहेको उनी बताउँछन्। 

‘स्कूलमा गीत गाउने प्रतियोगिता थियो। सहभागिता जनाउने कोही नभएपछि मैले पाँचदेखि सात मिनेटमा एउटा गीत लेखेँ। ‘आमा’ बोलको गीतलाई स्टेजमा गएर निर्धक्क गाएँ। त्यो गीतले तेस्रो स्थान हात पार्‍यो,’ उनले भने। त्यो समयमा उनलाई यही प्रतिभाको बाटोमा हिँडाउने मान्छेको अभाव भएको महसुस गर्छन् उनी।

चितवनलाई कसरी रंगमञ्‍चमय बनाउन सकिन्छ, कलामा ढाल्न के गर्नुपर्छ भनेर दौडधुपमा छन् मुकुन्द खलपात्र। यही भागदौडका क्रममा केही दिनमै सुनिल पोखरेलको नाटक ‘अर्को अर्थ नलागेमा’ चितवनसम्म पुग्‍ने पक्का भएको उनले सुनाए।

प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  ११:४२
  • #मुकुन्द_खलपात्र

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
ताजा समाचारसबै
देउवा समूहले स्थगित गर्‍यो जिल्ला सभापतिको भेला बिहीबार, चैत १९, २०८२
राजस्व चुहावट नियन्त्रणका लागि गृहमन्त्रीसहितको उच्चस्तरीय बैठक बस्दै बिहीबार, चैत १९, २०८२
बालाजु बाइसधारा मेला सुरु बिहीबार, चैत १९, २०८२
इरान परमाणु हतियारको एकदमै नजिक पुगिसकेको थियो : ट्रम्प बिहीबार, चैत १९, २०८२
इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
महासचिव पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू विराेधमा बुधबार, चैत १८, २०८२
एमाले सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज बुधबार, चैत १८, २०८२
आजदेखि संसद् अधिवेशन, तीन अध्यादेश पेस हुँदै बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्