काठमाडौँ –सामान्यतया मधेस प्रदेशमा तीन दिनसम्म होली पर्व मनाइन्छ । आज अन्तिम दिन जनकपुरधाम क्षेत्रमा होली पर्व मनाइँदै छ । १५ दिने धार्मिक माध्यमिकी परिक्रमाको अन्तिम चरण पञ्चकोशी परिक्रमाको भोलिपल्ट जनकपुरधाम क्षेत्रमा होली पर्व मनाउने परम्परा छ । परिक्रमा शुक्रबार सम्पन्न भएको हो ।
यस्तै, होली पर्वको अवसरमा जनकपुरको मिथिला नाट्य कला परिषद् (मिनाप) ले आयोजना गरेको महामुर्ख सम्मेलनको उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पाएका छन् । मधेशको स्वास्थ्य क्षेत्रमा रहेका बेथितिलाई हटाउन अग्रसरता लिएका कारण मुख्यमन्त्री सिंहलाई यस वर्षको महामुर्खको उपाधि दिइएको मिनापले जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले मुख्यमन्त्री सिंहलाई महामुर्ख उपाधिबाट सम्मानित गरेका थिए । साहित्यकार एवं गीतकार सियाराम झालाई पटमुर्खको उपाधि प्रदान गरिएको छ । जनकपुरधाम सहित महोत्तरी लगायत तराईका विभिन्न क्षेत्रहरुमा आज धुमधामका साथ होली मनाइँदैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।